५ बुँदे मागसहित ब्याजदर वृद्धिको विरोधमा उत्रिए उद्योगी–व्यवसायी, के–के छन् माग ? « Arthapath.com
२१ जेष्ठ २०८३, बिहिबार

५ बुँदे मागसहित ब्याजदर वृद्धिको विरोधमा उत्रिए उद्योगी–व्यवसायी, के–के छन् माग ?



काठमाडौं । बैंकहरुले बढाएको ब्याजदर घटाउन भन्दै माइतिघर मण्डलामा प्रदर्शनी भईरहेको छ ।

उद्योगी व्यवसायीहरुले बैंकहरुको चर्को ब्याजदर घटाइदिन भन्दै प्रदर्शनी गरेका हुन् । नेपाल उद्योग वाणिज्य महासंघको नेतृत्वमा ब्याजदर घटाउन भन्दै विरोधमा उत्रिएका हुन् ।

व्यवसायिक संगठनहरुले ब्याज वृद्धिले उद्योगि व्यवसायी समस्यामा परेको आरोप छ । यतिबेला नेपाल उद्योग वाणिज्य संघ, काठमाडौं र ललितपुर उद्योग वाणिज्य संघले बैंक तथा वित्तीय संस्थाविरुद्ध गरेको आन्दोलनमा उत्रिएका हुन् ।

राष्ट्र बैंकले ब्याज ब्याजदरर पहल नगरेको भन्दै व्यवसायीले मौन प्रर्दशनी गरेका हुन् । उनहरुले बैंक ब्याजदर एकल बिन्दुमा कायम राख्नुपर्ने माग गरेका छन् । बैंकहरुले जथाभावी ब्याजदर र प्रिमियम बढाएर ऋणीलाई मारमा पारेको उद्योग व्यवसायीहरुले बताएका छन् ।

व्यवसायीहरूले वर्तमान बैंक, वित्तीय समस्या समाधानका लागि ध्यानाकर्षण जनाउँदै सम्बन्धित निकाय समक्ष ५ बुँदे माग समेत पेश गरेका छन् ।

व्यवसायीहरुले विज्ञप्ति मार्फत भनेका छन्,–‘निक्षेप ब्याजदर बढाउंदैमा निक्षेप बढेन । अतः उद्योगका लागी एक अंकमा बढी नहुने र व्यापारमा १/२ प्रतिशत मात्र थप गरी लिन पाइने गरि लगानी योग्य पूंजीको शिघ्र व्यवस्थापन माग गर्दछौँ ।’

व्यवसायीहरुले बैंकहरुको खर्च न्यून गरि स्पेड दर ३ प्रतिशत भित्र रही जोखिमका आधारमा आधार दरमा बढीमा २ प्रतिशत मात्र थप प्रिमियम लिन पाइने व्यवस्थाको माग गरेका छन् ।

यस्तै, बैंकहरुले सेवा शुल्क, कर्जा स्वीकृत शुल्क, एल.सी/नेगोसिएसन शुल्कमा दोब्बर वृद्धिलाई अन्तः गरि गत वर्षको भन्दा बढी लिन नपाइने, हाल भएका कर्जाहरुलाई यस आर्थिक वर्षसम्म पुनःतालिकरण गरि, ब्याज बुझाउने म्याद ३५ दिन सम्मलाई नियमित मान्ने र लिलाम गर्ने प्रक्रियालाई हाल स्थगित गर्न माग गरेका छन् ।

त्यसैगरि हालको बाह्य र आन्तरीक कारणको असहज समय उपयुक्त नभएकोले चालु पूंजी कर्जा निर्देशिका स्थगितको माग गरेका छन् ।


प्रतिक्रिया दिनुहोस्