१६.८ प्रतिशतले बढ्यो रेमिट्यान्स, तीन महिनामा भित्रियो २८१ अर्ब « Arthapath.com
३० कार्तिक २०७९, बुधबार

१६.८ प्रतिशतले बढ्यो रेमिट्यान्स, तीन महिनामा भित्रियो २८१ अर्ब



काठमाडौं । चालु आर्थिक वर्ष २०७९/८० तीन महिनामा विप्रेषण आप्रवाह (रेमिट्यान्स) १६.८ प्रतिशतले वृद्धि भएको छ ।चालु आवको असोज मसान्तसम्ममा रेमिट्यान्स वृद्धि भई २ खर्ब ८१ अर्ब ५ करोड रुपैयाँ पुगेको छ । नेपाल राष्ट्र बैंकले हालै प्रकाशित गरेको चालु आवको तीन महिनामा देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिको तथ्याङकले यस्तो देखाएको हो ।

अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ७।१ प्रतिशतले घटेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह ७।९ प्रतिशतले वृद्धि भई २ अर्ब १९ करोड पुगेको छ । अघिल्लोवर्ष यस्तो आप्रवाह ७।१ प्रतिशतले घटेको थियो ।

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति ९संस्थागत तथा व्यक्तिगत–नयाँ० लिने नेपालीको संख्या १२३।१ प्रतिशतले वृद्धि भएको छ । योसंगै श्रम स्वीकृति लिनेको संख्यामा भने १ लाख ४७ हजार ९३२ पुगेको छ ।

त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा ६६।२ प्रतिशतले वृद्धि भई ५७ हजार ८६१ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या २१९.७ प्रतिशतले बढेको थियो ।

यस्तै, समीक्षा अवधिमा खुद ट्रान्सफर १७।१ प्रतिशतले वृद्धि भई ३ खर्ब १० अर्ब ४३ करोड प्राप्त भएकोछ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर ७।६ प्रतिशतले घटेको थियो ।


प्रतिक्रिया दिनुहोस्