१२.४० प्रतिशतले बढ्यो नेपालीले पाउने विदेशी पेन्सन वापतको रकम, १७ करोड २४ लाख डलर भित्रियो « Arthapath.com
७ पुष २०७९, बिहीबार

१२.४० प्रतिशतले बढ्यो नेपालीले पाउने विदेशी पेन्सन वापतको रकम, १७ करोड २४ लाख डलर भित्रियो



काठमाडौं । नेपालीहरुले वैदेशिक रोजगारीबाट रिटायर (अवकास) भएपछि पेन्सनबाट पाउने रकम वृद्धि भएको छ ।

नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार चालु आर्थिक वर्ष २०७९/८० को चार महिनामा नेपालीहरुले बैदेशिक रोजगारबाट रिटायर भएपछि पाउने पेन्सन बापत २२ अर्ब ३७ करोड ८६ लाख भित्रिएको हो ।

नेपालीहरुले भारत, सिंगापुर लगयायतका देशको आर्मी लगायतका देशको सरकारी सेवामा रोजगारी गर्दै आएका छन् । त्यहाँबाट रिटायर (अवकास) उनीहरुले सम्बन्धीत देशबाट मासिक, अर्धबार्षिक, बार्षिक रुपमा पेन्सन पाउछन् । सोही बापत नेपालमा विदेशी मुद्रा भित्रिएको हो । नेपालमा सबैभन्दा धेरै छिमेकी मुलुक भारतबाट आउने गरेको छ ।

पछिल्लो समय बढ्दै पनि गएको राष्ट्र बैंकको तथ्यांकले देखाएको हो । विदेशबाट यसरी आउने रकम १२.४० प्रतिशतले बढेको छ । गत आवको सोही अवधीमा १९ अर्ब ८२ करोड १२ लाख पेन्सन नेपाल भित्रिएको थियो ।

डलरको आधारमा भने यो चार महिनामा १७ करोड २४ लाख डलर पेन्सन भित्रिएको छ । जुन गत आवको सोही अवधीको तुलनामा ३.४० प्रतिशतले बढी हो । गत आवको सोही अवधमिा १६ करोड ६७ लाख डलर पेन्सन नेपाल भित्रिएको थियो ।
यस्तै, गत आवमा भर भने ६१ अर्ब ९६ करोड २१ लाख पेन्सन रकम नेपाल भित्रिएको छ । डलरको आधारमा ५१ करोड ३० लाख डलर नेपाल भित्रिएको छ ।

यस्तै, आर्थिक वर्ष २०७७/७८ मा ५८ अर्ब ५९ करोड ५१ लाख डलर पेन्सन नेपाल भित्रिएको थियो । सो आवको पहिलो चार महिनामा भने २० अर्ब ९० करोड ११ लाख रुपैयाँ नेपाल भित्रिएको थियो । सो आवमा डलरमा भने ४९ करोड ७० लाख डलर पेन्सन नेपाल भित्रिएको थियो । पहिलो चार महिनामा १७ करोड ६४ लाख डलर पेन्सन नेपाल भित्रिएको नेपाल राष्ट्र बैंकको तथ्यांकमा देखिन्छ ।

बिभिन्न कारणबस पछिल्लो १ बर्षदेखि नेपालको विदेशी मुद्रा आम्दानी खस्कीएको छ । त्यो अवस्थामा पेन्सनबाट आउने पैसाले विदेशी मुद्रा सञ्चितीमा राम्रो सहयोग पुगेको राष्ट्र बैंकका अधिकारीहरु बताउछन् ।


प्रतिक्रिया दिनुहोस्