३८ प्रतिशतले बढ्यो फर्स्ट माइक्रोफाइनान्सको नाफा : इपिस पनि वृद्धि, यस्तो देखियो वित्तीय प्रगति

काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले करिव साढे १४ करोड नाफा कमाएको छ । कम्पनीले बुधवार प्रकाशित गरेको चालु आर्थिक वर्ष २०७९/८० को दोस्रो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो ।
चालु आवको पुुस मसान्तसम्ममा कम्पनी १४ करोड ४४ लाख ८३ हजार रुपैयाँ नाफा कमाएको छ । जुन, गत वर्षको सोही अवधिमा तुलनामा भने ३८.३५ प्रतिशतले बढी हो । गत वर्षको पुस मसान्तसम्ममा कम्पनीले १० करोड ४४ लाख ३३ हजार रुपैयाँ नाफा गरेको थियो ।
सो अवधिमा कम्पनीले खुद ब्याज आम्दानी, अन्य संचालन आम्दानी र संचालन नाफा पनि बढाएको छ । जसले खुद नाफा वृद्धिमा टेवा पुगेको हो । चालु आवको ६ महिनामा कम्पनीको खुद ब्याज आम्दानी पनि २६.४६ प्रतिशतले वृद्धि भई २३ करोड ५ लाख ६७ हजार रुपैयाँ पुगेको छ । गत वर्षको पुस मसान्तसम्म कम्पनीको यो आम्दानी १८ करोड २३ लाख १८ हजार रुपैयाँ मात्र रहेको थियो ।
सो अवधिमा कम्पनीको कुल संचालन नाफा २१.६३ प्रतिशतले बढेर २६ करोड ३८ लाख ३५ हजार रुपैयाँ पुगेको छ । संचाल नाफा ३८.६८ प्रतिशतले बढेर २० करोड ६४ लाख ५ हजार रुपैयाँ पुगेको छ । सो अवधिमा कम्पनी वितरण योग्य नाफा ९ करोड ८६ लाख २४ हजार रुपैयाँ रहेको छ ।
कम्पनीको चुक्ता पुँजी १ अर्ब १४ करोड ७७ लाख ४६ हजार रुपैयाँ रहेको छ । कम्पनीले जगेडा तथा कोषमा भने २३ करोड ९७ लाख ८७ हजार रुपैयाँ राखेको छ । कम्पनीको खराब कर्जा ०.१७ प्रतिशत र आधार दर १२.४७ प्रतिशत रहेको छ ।
कम्पनीको प्रतिसेयर आम्दानी ३ रुपैयाँ ५२ पैसाले वृद्धि भई २५ रुपैयाँ १८ पैसा पुगेको छ भने प्रतिसेयर नेटवर्थ १३३ रुपैयाँ २७ पैसा रहेको छ ।
कम्पनीले निरन्तर रुपमा गुणस्तरीय थोक लघु कर्जा सेवा दिने कार्यमा केन्द्रित रहेको छ । प्रत्यक्ष ता अप्रत्यक्ष रुपमा साझेदार संस्थाहरु मार्फत अधिकतम ऋणीहरुसम्म वित्तीय पहुँच वृद्धि गर्नका लागि व्यवस्थापनले आगामी दिनमा प्रभावकारी रुपमा काम गर्ने कम्पनीले जनाएको छ । वित्तीय क्षेत्रका विभिन्न कारक तत्वहरु, तरलता अभाव र कोषको लागतमा वृद्धि हुँदा पनि वासलातको आकार सन्तोषजनक रहेको कम्पनीको दावी छ । आगामीदिन विशेष अगामी त्रैमासमा समेत अवसर र चुनौतिहरुको उचित व्यवस्थापन गर्दै वर्तमान प्रतिसेयुर आम्दानी निरन्तरता कायम हुने कम्पनीले अपेक्षा गरेको छ ।