लघुवित्तको लाभांश संशोधनदेखि रद्दसम्म: कुन-कुनको लाभांशमा चल्यो राष्ट्र बैंकको कैंची ? « Arthapath.com
२४ फाल्गुन २०७९, बुधबार

लघुवित्तको लाभांश संशोधनदेखि रद्दसम्म: कुन-कुनको लाभांशमा चल्यो राष्ट्र बैंकको कैंची ?



काठमाडौं । करिब चार दर्जन लघुवित्त कम्पनीहरुले लाभांश घोषणा गरिसकेका छन् ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत ४५ वटा लघुवित्त कम्पनीले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई लाभांश घोषणा गरेका हुन् । अधिकांश लघुवित्तले नगदभन्दा बोनस सेयरमै जोड दिएका छन् ।

लाभांश घोषणा गरेका अधिकांश कम्पनीहरुले वार्षिक साधारण सभाबाट पनि पारित पनि गरिसकेका छन् । तर, नेप्सेमा सूचीकृत ६० वटामध्ये अझै १५ वटा लघुवित्तले लाभांश घोषणा गर्न बाँकी नै छ ।

तीन लघुवित्तको लाभांश यस वर्षदेखि वितरण सुरु

तीन वटा लघुवित्तले भने यस वर्षदेखि लाभांश वितवण सुरु गरेका छन् । जाल्पा सामुदायिक लघुवित्त, उपकार लघुवित्त, सिवाईसी लघुवित्त र आदर्श लघुवित्त संस्थाले भने यस वर्षदेखि लाभांश घोषणा गरेका हुन् ।

जाल्पा सामुदायिक लघुवित्तले ७३ प्रतिशत बोनस र ३.८४२१ प्रतिशत नगद गरि कुल ७६.८४२१ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । जुन, लघुवित्त कम्पनीहरुमध्ये सबैभन्दा धेरै लाभांश हो ।

यस वर्षदेखि लाभांश दिनेमध्येको उपकार लघुवित्तले पनि आफ्ना सेयरधनी बोनस सेयर धेरै दिने भएको छ । कम्पनीले गत आवको मुनाफाबाट ६१.७५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ३.२५ प्रतिशत गरि कुल ६५ प्रतिशत लाभांश वितरण गर्ने भएको हो ।

यस्तै, सीवाईसी नेपाल लघुवित्तले भने पनि गत आवको मुनाफाबाट आफ्ना सेयरधनीलाई ३० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.५८ प्रतिशत नगद लाभांश दिने भएको हो ।

तीन लघुवित्तको प्रस्तावित लाभांशमा राष्ट्र बैंकको कैची, एक लाभांश रद्द

गत आवको मुनाफाबाट लाभांश घोषणा गरेका तीन वटा लघुवित्तको लाभांश संशोधन भएको छ । राष्ट्र बैंकले नेशनल माइक्रोफाइनान्स, आशा लघुवित्त र जीवन विकास लघुवित्तको लाभांश संशोधन गरेको हो ।

नेशनल माइक्रोफाइनान्स लघुवित्तले यसअघि ३८.५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेकोमा राष्ट्र बैंकको निर्देशन बमोजिम संशोधन गरेको हो । अब कम्पनीले ३४.४५ प्रतिशत बोनस सेयर मात्रै दिने भएको छ ।

आशा लघुवित्तले २१.०५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो । तर, राष्ट्र बैंकको निर्देशन बमोजिम अब कम्पनीले १४.२८५७ प्रतिशत बोनस र कर प्रयोजनका लागि ०.७१४३ प्रतिशत नगद गरि कुल १५ प्रतिशत लाभांश दिने भएको छ ।

यस्तै, जीवन विकास लघुवित्तको लाभांश पनि संशोधन भएको छ । यसअघि लघुवित्तले २८ प्रतिशत बोनस सेयर र ९.३६८४ प्रतिशत नगद लाभांश गरी कूल ३७.३६८४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो । अब भने कम्पनीले ३३.१५ प्रतिशत मात्र लाभांश दिने भएको हो ।

यता, नाडेप लघुवित्तले प्रस्ताव गरेको लाभांश भने राष्ट्र बैंकले रद्द गरिदिएको छ । डिप्रोक्स लघुवित्तसँगको मर्जर तोडिएपछि कुनै अर्काे वित्तीय संस्थासँग मर्जरमा नगएसम्मका लाभांश वितरणमा राष्ट्र बैंकले रोक लगाएको हो । लघुवित्तले गत आवको नाफाबाट लगानीकर्ताहरुलाई १० प्रतिशत बोनस सेयर र ०.५२ प्रतिशत नगद गरी कूल १०.५२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो ।

यी हुन् २० प्रतिशत भन्दा माथि लाभांश घोषण गरे लघुवित्तहरु

गत आवको मुनाफाबाट महिला लघुवित्त ५० प्रतिशत लाभांश दिने भएको छ । कम्पनीले ४७.५ प्रतिशत र २.५ प्रतिशत नगद लाभांश दिने भएको हो । जुन, प्रस्ताव कम्पनीको साधारण सभाबाट पारित पनि भईसकेको छ ।

यस्तै, आँधीखोला लघुवित्तले ३१.५८ प्रतिशत, फरवार्ड लघुवित्तले ३० आरएमडीसी लघुवित्त र साना किसान लघुवित्तले २७.३६/२७.३६ प्रतिशत, छिमेक लघुवित्तको २५.२६, महुली लघुवित्तले २५, स्वरोजगार लघुवित्तले २३.१५ प्रतिशत नेरुडे लघुवित्तले २३.१५, मिर्मिरेले २३ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको हो ।

यस्तै, सामुदायिक लघुवित्त, डिप्रोक्स, स्वाभिमान, विजय र स्वाबलम्वन लघुवित्तले समान अर्थात २१.५/२१.५ प्रशित लाभांश दिने भएका छन् ।

९ लघुवित्तको लाभांश २० प्रतिशत

गत आवको मुनाफाबाट ९ वटा लघुवित्तले समान अर्थात २०/२० प्रतिशत लाभांश दिने भएका छन् ।

फस्र्ट माइक्रोफाइनान्स, मेरोे माइक्रोफाइनान्स लघुवित्त, साधना लघुवित्त, निर्धन उत्थान, इन्फिनीटी, नयाँ सारथी, ग्लोबल आइएमई, लक्ष्मी र कालिका लघुवित्तले २०/२० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेका हुन् ।

अन्य कुनको कति ?


प्रतिक्रिया दिनुहोस्