अब इसेवा, खल्ती जस्ता वालेट कम्पनीहरु पनि मर्जरमा जान सक्ने, राष्ट्र बैंकले खुलाई दियो बाटो « Arthapath.com
३ जेष्ठ २०८०, बुधबार

अब इसेवा, खल्ती जस्ता वालेट कम्पनीहरु पनि मर्जरमा जान सक्ने, राष्ट्र बैंकले खुलाई दियो बाटो



काठमाडौं । अब भुक्तानी प्रणाली तथा सेवा प्रदायक कम्पनीहरु पनि एक आपसमा मर्ज हुन सक्ने भएका छन् ।

नेपाल राष्ट्र बैंकले बुधबार भुक्तानी तथा फछ्र्याैट विनियमावली २०७७ को संसोधन गर्दै उनीहरुलाई मर्जरमा जान बाटो खुला गरिदिएको हो ।

राष्ट्र बैंककाअनुसार अब भुक्तानी प्रणाली सञ्चालक र भुक्तानी सेवा प्रदायक संस्थाहरू समान प्रकृतिका संस्थाहरूसँग मर्जरमा जान सक्नेछन् । अब एनसीएचएल, नेप्स, भिषा जस्ता भुक्तानी प्रणालीको काम गर्दै आएका कम्पनीहरु एक आपसमा मर्ज हुन सक्नेछन् । यस्तै, इसेवा, खल्ती, आइएमई पे जस्ता भुक्तानी सेवाको काम गर्दै आएका वालेट कम्पनीहरु पनि मर्ज हुने सक्नेछन् ।
अब त्यस्ता कम्पनीहरुले एक आपसमा मर्ज हुने सम्झौता गरेर स्वीकृतिको लागि राष्ट्र बैंकको भुक्तानी बिभागमा निवेदन दिनुपर्नेछन् । त्यसपछि राष्ट्र बैंकले सम्पुर्ण कागजपत्र पेशको ३५ दिनभित्र मर्जरको सैद्धान्तिक सहमती दिनेछ ।

सैद्धान्तिक सहमती पाएपछि सम्बन्धी कम्पनीहरुले आवश्यक प्रक्रिया पुरा गरेर अन्तिम सम्झौता गर्नुपर्नेछ । त्यसपछि राष्ट्र बैंकले उनीहरुलाई एकीकृत कारोबारको अन्तिम स्वीकृति दिन सक्नेछन् । अन्तिम स्वीकृति पाएको ३० दिन भित्र कम्पनीहरुले एकीकृत कारोबार गरिसक्नुपर्नेछ ।


प्रतिक्रिया दिनुहोस्