सहज बन्दै तरलता: बैंकिङ्ग प्रणालीमा थपियो ५ खर्ब ३४ अर्ब निक्षेप, सीडी रेसियो ८५ प्रतिशत कम « Arthapath.com
५ जेष्ठ २०८०, शुक्रबार

सहज बन्दै तरलता: बैंकिङ्ग प्रणालीमा थपियो ५ खर्ब ३४ अर्ब निक्षेप, सीडी रेसियो ८५ प्रतिशत कम



काठमाडौं । तरलता अभावको बाबजुद पनि बैंकिकङ्ग क्षेत्रको निक्षेप बढेको छ । पछिल्लो एक वर्षमै बैंकिङ्ग क्षेत्रको निक्षेप ५ खर्ब बढी थपिएको छ ।

नेपाल राष्ट्र बैंकबाट प्राप्त चालु आर्थिक वर्ष २०८९/८० को चैत मसान्तसम्मको तथ्याङ्कले यस्तो देखाएको हो । गत आर्थिक वर्षको सुरुदेखि नै बैंकिङ क्षेत्रमा तरलता अभाव व्यापाक रुपमा हुँदै आएको छ । अझै पनि बैंकहरु तरलताको हिसावले सहज अवस्थामा छैनन् । तर, बैंकहरुको कुल निक्षेप भने एक वर्षमै ५ खर्ब ३४ अर्ब रुपैयाँले थपिएको छ ।

गत आवको वैशाख महिनामा बैंक तथा वित्तीय संस्थाहरुसंग कुल ४९ खर्ब ५१ अर्ब रुपैयाँ निक्षेप रहेको थियो । तर, चालु आवको ९ महिनासम्म आईपुग्दा भने १०।७८ प्रतिशतले वृद्धि भएको छ । योसंगै बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेप संकलन ५४ खर्ब ८५ अर्ब रुपैयाँ पुगेको छ ।

मासिक भने औषतमा १ खर्ब ८२ अर्ब ८३ करोड रुपैयाँ निक्षेप बैंक तथा वित्तीय संस्थाहरुमा भित्रिएको देखिएको छ । मासिक रुपमा गत साउनमा निक्षेप १ खर्ब २३ अर्ब रुपैयाँले घटेको थियो । असार मसान्तसम्म ५१ खर्ब ५९ अर्ब रहेको बैंक निक्षेप साउन मसान्तसम्म आउँदा ५० खर्ब ३६ अर्ब रुपैयाँमा खुम्चिएको थियो ।

अन्य महिनाहरुमा भने निक्षेप निरन्तर बढेको छ । पछिल्लो समय त निक्षेप उच्च दरमा नै बढेको राष्ट्र बैंकको तथ्यांकले देखाउछ । चालु आवको दोस्रो महिना अर्थात भदौमा भने बढेर ५० खर्ब ९२ अर्ब रुपैयाँ पुगेको थियो । त्यसपछि बैंकहरुको निक्षेप क्रमश: बढेको छ । असोज महिनामा बैंकहरुको निक्षेप ८० अर्ब रुपैयाँले वृद्धि भई ५१ खर्ब ७२ अर्ब रुपैयाँ पुगेको थियो । कात्तिक महिनामा भने थप ११ अर्ब रुपैयाँले वृद्धि भई ५१ खर्ब ८३ अर्ब रुपैयाँ पुगेको थियो ।

यस्तै, मंसिरमा भने बैंकहरुको निक्षेप ६६ अर्ब रुपैयाँ वृद्धि भई ५२ खर्ब ४९ अर्ब रुपैयाँ पुगेको राष्ट्र बैंकको तथ्याङ्कले देखाउँछ ।
त्यसैगरि गत पुस मसान्तसम्ममा भने बैंकको कुल निक्षेप ५३ खर्ब ६१ अर्ब रुपैयाँ कायम भएको छ । जुन गत मंसिर महिनाको तुलनामा भने थप १ खर्ब १२ अर्ब रुपैयाँले बढी हो ।

राष्ट्र बैंकका अनुसार चालु माघ महिना भने थप २५ अर्बले बढेर ५३ खर्ब ८६ अर्ब रुपैयाँ पुगेको थियो । यता, गत फागुनसम्ममा भने बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप ५४ खर्ब १५ अर्ब रुपैयाँ पुगेको छ । जुन गत माघको तुलनामा २९ अर्बले बढी हो ।

एक वर्षमा डेढ खर्ब मात्रैले बढ्यो कर्जा प्रवाह

बैंक तथा वित्तीय संस्थाहरुमा निक्षेप बढेपनि कर्जा लगानी भने खास हुन् विस्तार सकेको छैन । पछिल्लो एक वर्षमा जम्मा १ खर्ब ४५ अर्ब रुपैयाँ मात्रै कर्जा प्रवाह भएको छ ।

गत आवको वैशाखसम्ममा बैंक तथा वित्तीय संस्थाहरुले ४७ खर्ब ४४ अर्ब रुपैयाँ कर्जा लगानी गरेका थिए । राष्ट्र बैंकका अनुसार चालु आवको चैत मसान्तसम्ममा ४८ खर्ब ८९ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन् । जुन चालु आवको पहिलो महिना अर्थात साउनको तुलना भने ३।४९ प्रतिशतले मात्रै बढी हो ।

बैंकहरुमा निक्षेप निरन्तर वृद्धि भएता पनि कर्जा लगानी भने करिव करिव ठप्प नै छ । बैंकमा लगानीयोग्य रकम पर्याप्त रहे पनि उच ब्याजदरका कारण कर्जाको माग सुस्त छ । ब्याजदर उच्च भएका कारण कर्जा माग कम भएको जानकारहरु बताउछन् । विश्व बजारमा देखिएको आर्थिक मन्दी लगायत कारण लगानीको वातावरण बिग्रदो छ । अर्थतन्त्रमा आएको संकटले पनि कर्जाको माग बढ्न नसकेको अवस्था छ । यस्ता कारण पनि कर्जा प्रवाहले गति लिन नसकेको बताइन्छ ।

सीडी रेसियो ८५ प्रतिशत कम, कर्जा लगानी गर्न सहज

पछिल्ला दिनहरुमा राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थाहरुको कर्जा निक्षेप अनुपात ९सीडी रेसियो० पनि सुधार हुँदै आएको छ ।

हाल बैंक तथा वित्तीय संस्थाहरुको सीडि रेसियो ८४।९२ प्रतिशत रहेको छ । बैंक तथा वित्तीय संस्थाहरु हाल कर्जा लगानीका लागि सहज अवस्थामा देखिएका हुन् ।

बैंक तथा वित्तीय संस्थाहरुले सीडि रेसियो अधिकतम ९० प्रतिशतसम्म कायम हुने गरि कर्जा प्रवाह गर्न पाउछन् ।


प्रतिक्रिया दिनुहोस्