५० लाखसम्मको सेयर धितो कर्जा र २५ लाखसम्मको अटोकर्जामा शतप्रतिशत जोखिम भार « Arthapath.com
७ श्रावण २०८०, आईतवार

५० लाखसम्मको सेयर धितो कर्जा र २५ लाखसम्मको अटोकर्जामा शतप्रतिशत जोखिम भार



काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले ५० लाख रुपैयाँसम्मको सेयर धितो कर्जामा शतप्रति जोखिम कायम गर्ने बताएका छन् ।

आइतबार सार्वजनिक चालु आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीति बारे थप स्पष्ट पार्दै यस्तो जानकारी दिएका हुन् । आइतबार पत्रकार सम्मेलन गर्दै सेयर धितो कर्जाको जोखिम भार विस्तार गर्ने बताएका हुन् । उनले भने,–यसअघि २५ लाख रुपैयाँसम्मको कर्जामा मात्रै शतप्रतिशत जोखिम भार कायम थियो । तर, अब त्यसलाई बढाएर ५० लाख रुपैयाँ पुर्याउन लागिएको छ ।’

तर, ५० लाख रुपैयाँभन्दा माथिको कर्जामा भने १५० प्रतिशतको जोखिम भार सम्वन्धी व्यवस्था यथावत राखिएको गभर्नर अधिकारीले बताए । राष्ट्र बैंकले सेयर धितो कर्जा, रियल स्टेट कर्जा तथा हायर पर्चेज कर्जाका विद्यमान जोखिम भारसम्बन्धी व्यवस्था पुनरावलोकन गर्ने मौद्रिक नीतिमा उल्लेख गरेको छ ।

यस्तै, साना अटो व्यवसायीलाई पनि प्रोत्साहन हुने गरि नीति अवलम्बन गरिएको गभर्नर अधिकारीले बताए । ‘२५ लाख रुपैयाँसम्मको अटोकर्जामा पनि शतप्रतिशत जोखिम भारको व्यवस्था गरिने छ । यसले साना अटोव्यवसायलाई राहत दिने छ’–गभर्नर अधिकारीले भने ।


प्रतिक्रिया दिनुहोस्