प्राधिकरणले काट्यो थप ५ ठुला उद्योगको लाइन, ९ उद्योगमा अन्धकार « Arthapath.com
८ पुष २०८०, आईतवार

प्राधिकरणले काट्यो थप ५ ठुला उद्योगको लाइन, ९ उद्योगमा अन्धकार



काठमाडौं । नेपाल विद्युत प्राधिकरणले थप दुई ५ वटा उद्योगको विजुली लाइन काटेको छ । आइतबार प्राधिकरणले ट्रंक र डेडिकेटेड लाइन प्रयोग गरेर बक्यौता तिर्न बाँकी ५ ठुला उद्योगको लाइन काटेको हो ।

प्राधिकरणका अनुसार आइतबार सर्वोत्तम सिमेन्ट, लक्ष्मी स्टील, अशोक स्टील, त्रिवेणी स्पिनिङ र सोनापुर मिनरल्स एण्ड आयल प्रालिको लाइन काटेको हो ।

प्राधिकरणले सर्वोत्तम सिमेन्टको ८३ करोड, लक्ष्मी स्टिलले ६२ करोड, अशोक स्टिललको साढे ७४ करोड, त्रिवेणी स्पिनिङको ८६ करोड ९० लाख र सोनापुर मिनरल्सको ६१ करोड बढी बक्यौता छ ।

गत शुक्रबार पनि प्राधिकरणले ४ वटा उद्योगको लाइन काटेको थियो । प्राधिकरणले शुक्रबार ४ अर्ब १४ करोड बक्यौता बाँकी रहेको जगदम्बा स्टिल, १ अर्ब ३६ करोड बाँकी रहेको घोराही सिमेन्ट, १ अर्ब ९४ करोड बाँकी रहेको रिलायन्स स्पिनिङ र १ अर्ब ३० करोड बाँकी रहेको अर्घाखाँची सिमेन्ट उद्योगमा पनि बिजुली काटेर अन्धकार बनाएको थियो ।

बाँकी उद्योगको पनि बक्यौता नतिरे लाइन काट्ने तयारी रहेको प्राधिकरणले जनाएको छ । ट्रंक र डेडिकेटेड लाइन प्रयोग गरेबापत ६१ उद्योगले बक्यौता तिर्न बाँकी छ । ति उद्योगले २५ अर्ब बढी रकम तिरेका छैनन् ।


प्रतिक्रिया दिनुहोस्