नोक्सानी घटाउँदै म्युचुअल फण्ड, कुन–कुन छन् नाफामा ?
काठमाडौं । अधिकांश म्युचुअल फन्डहरुले नोक्सानी घटाएका छन् । गत कात्तिकमा नोक्सानीमा रहेका म्युचुअल फन्डहरुले मंसिरमा भने नोक्सानी कम गराएका छन् ।
संचालनमा रहेका ४२ वटा म्युचुअल फन्डहरुले सार्वजनिक गरेको मंसिर मसान्तसम्मको वित्तीय विवरणले यस्तो देखाएको हो । विवरणअनुसार १५ वटा म्युचुअल फन्ड नाफामा देखिएका छन्, ती बाहेकका अन्यले भने नोक्सानीदर घटाएका हुन् । गत कात्तिकमा अधिकांश फन्डहरु नोक्सानीमा थिए । तर, मंसिरमा सेयरमा देखिएको बढोत्तरीले भने केही फन्डहरु नाफामा पुगेका छन् भने केही नोक्सानी घटाएका हुन् ।
नियामक निकाय नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासिक मौद्रिक नीतिको समिक्षा मार्फत सेयर बजारलाई सकारात्मक बनाउने नीति अघि सारेको थियो । यता, कर्जाको ब्याजदर घटाउने नीति पनि अवलम्बन गरेकाले मंसिरमा पुँजी बजार केही सकारात्मक बनेको थियो । बजार बढेसँगै फन्डहरुको लगानी, न्याभमा पनि बढोत्तरी देखिएको छ ।
कात्तिकको तुलनामा मंसिरमा फन्डहरुको सेयर बजारमा लगानी पनि साढे दुई अर्बले बढेको छ । मंसिर महिना समग्रमा म्युचुअल फन्डका लागि सकारात्मक नै मान्न सकिन्छ ।
यी हुन् नाफामा पुगेका १५ फन्डहरु
कात्तिकको तुलनामा मंसिर महिनामा १५ वटा म्युचुअल फन्डहरु नाफामा पुगेका छन् । अघिल्लो महिनामा घाटा रहेका फन्डहरु पनि नाफामा पुगेका हुन् ।
गत कात्तिकमा घाटा व्यहोरेका आरविवि म्युचुअल फन्ड १ र २, प्रभु सेलेक्ट फन्ड, एनआईसी एशिया सेलेक्ट फन्ड, डाइनामिक्ट डेप्ट, सनराइज फस्र्ट म्युचुअल फन्डहरुले मंसिरमा नाफा कमाएका हुन् । यस्तै, सिटिजन सुपर ३० सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम २ र ३ र लक्ष्मी भ्यालु फन्ड सेकेन्ड नाफामा पुगेको हुन् ।
अन्यको अवस्था कस्तो ?