डेडिकेटेड र ट्रङ्क लाइनको बक्यौता तिर्न किस्ताबन्दीको सुविधा, उद्योगहरूले ३० दिन भित्र आवेदन दिनुपर्ने « Arthapath.com
२४ पुष २०८०, मंगलवार

डेडिकेटेड र ट्रङ्क लाइनको बक्यौता तिर्न किस्ताबन्दीको सुविधा, उद्योगहरूले ३० दिन भित्र आवेदन दिनुपर्ने



काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड र ट्रङ्क लाइन बक्यौता महसुल बुझाउन बाँकी उद्योगीहरूलाई विशेष सुविधा दिएको छ ।

प्राधिकरणले डेडिकेटेड र ट्रङ्क लाइन सुविधाको बक्यौता महसुल ६० किस्तामा तिर्न सहिने व्यवस्था गरेको हो । अब बक्यौता बाँकी रहेका उद्योगहरूले किस्ताबन्दीमा महसुल बुझाउन सक्नेछन् । त्यसका लागि ३० दिनभित्र प्राधिकरणमा आवेदन दिनुपर्नेछ ।

पुस १६ गते सोमबार बसेको प्राधिकरण सञ्चालक समितिको बैठकले डेडिकेटेड र ट्रङ्क लाइनको बाँकी बक्यौता विद्युत् महसुल किस्ताबन्दीमा बुझाउन सकिने व्यवस्था गरेको थियो । प्राधिकरणको सो व्यवस्था कार्यान्वयनका लागि आइतबार प्रधानमन्त्री पुष्पकमल दाहाल, उर्जामन्त्री शक्ति बहादुर बस्नेत लगायतसँग छलफल गरेको थियो ।

छलफलपश्चात् मङ्गलवार एक सूचना जारी गर्दै प्राधिकरणले किस्ताबन्दीको सुविधा लिन इच्छुक उद्योगहरूलाई ३० दिनको म्याद राखेर सम्बन्धित वितरण केन्द्रमा आवेदन दिन सुझाएको छ । अब बक्यौता बाँकी रहेका उद्योगहरूले ६० महिनामा महसुल बुझाउन सक्नेछन् । 

डेडिकेटेड र ट्रङ्क लाइन उपभोग गरेका ६१ वटा उद्योग छन्, ती उद्योगले २२ अर्ब रुपैयाँ बढी महसुल उठाउन बाँकी रहेको प्राधिकरणले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्