घोराही सिमेन्टको वित्तीय अवस्था: नाफा र इपिएसमा गिरावट, दबाबमा बिक्री आम्दानी « Arthapath.com
२ फाल्गुन २०८०, बुधबार

घोराही सिमेन्टको वित्तीय अवस्था: नाफा र इपिएसमा गिरावट, दबाबमा बिक्री आम्दानी



काठमाडौं । घोराही सिमेन्टले नोक्सानी व्यहोरेको छ । कम्पनीको आम्दानीमा आएको गिरावट र खर्च वृद्धि कम्पनी घाटामा पुगेको हो ।

बुधवार कम्पनीले प्रकाशित गरेको चालु आर्थिक वर्ष २०८०/८१ को दोस्रो त्रैमासिक वित्तीय विवरणअनुसार कम्पनी४१ करोड ८४ लाख ३८ हजार रुपैयाँ नोक्सानीमा छ । तर, गत वर्षको सोही अवधिमा कम्पनीले १ करोड ५४ लाख रुपैयाँ नाफा कमाएको थियो ।

समिक्षा अवधिमा कम्पनीको बिक्री आम्दानीमा भने सामान्य बढोत्तरी देखिएको छ । ६ महिनामा कम्पनीको यस्तो आम्दानी १ अर्ब ७१ करोड २४ लाख ९४ हजार रुपैयाँ पुगेको छ । यद्यपि, यो गत वर्षको तुलनामा १.४० प्रतिशत मात्रै बढी हो । कम्पनीको अन्य आम्दानी भने झण्डै शतप्रतिशत अर्थात् ९८.८७ प्रतिशत घटेको छ । गत वर्षको दोस्रो त्रैमासमा १० करोड ३७ लाख रुपैयाँ रहेको यस्तो आम्दानी यो वर्ष भने ११ लाख रुपैयाँमा झरेको छ ।

समिक्षा अवधिमा कम्पनीको कुल नाफा समेत ४६.७७ प्रतिशत घटेर १९ करोड ४७ लाख रुपैयाँ कायम भएको छ । यता, संचालन नाफा पनि १५ करोड २६ लाख रुपैयाँ ऋणात्मक छ।

हाल कम्पनीको चुक्ता पुँजी ४ अर्ब ५६ करोड ७६ लाख रुपैयाँ छ । कम्पनीको रिटेन्ड अर्निङ्ग २ अर्ब ९९ करोड २७ लाख, अन्य रिजर्भ ७ करोड ९० लाख र सेयर प्रिमियम रिजर्भ २ अर्ब ६५ करोड ८४ लाख रुपैयाँ छ ।

समिक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी (इपिएस) पनि ९.१६ रुपैयाँ ऋणात्मक छ । प्रतिसेयर नेटवर्थ भने २२५ रुपैयाँ ४५ पैसा छ ।


प्रतिक्रिया दिनुहोस्