मन्दीमै उद्योग र निर्माण क्षेत्र, यो वर्ष पनि वृद्धिदर ऋणात्मक हुने अनुमान « Arthapath.com
१९ बैशाख २०८१, बुधबार

मन्दीमै उद्योग र निर्माण क्षेत्र, यो वर्ष पनि वृद्धिदर ऋणात्मक हुने अनुमान



काठमाडौं । यो वर्ष पनि उद्योग र निर्माण क्षेत्र सुखद नहुने देखिएको छ । केन्द्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको एक प्रतिवेदनले यस्तो देखाएको हो । कार्यालयका अनुसार चालु आर्थिक वर्षमा उद्योग र निर्माण क्षेत्रमा मन्दी कायमै रहने अनुमान गरिएको छ ।

चालु आर्थिक वर्षमा निर्माण क्षेत्रको वृद्धिदर २.०७ प्रतिशत ऋणात्मक हुने भएको छ । निर्माण सामाग्रीको आयातमा आएको कमी, निर्माण सामाग्रीको स्वदेशी उत्पादनमा भएको कमी जस्ता कारणले चालु आर्थिक वर्षमा यस क्षेत्रको मूल्य अभिवृद्धिमा संकुचन हुने अनुमान गरिएको हो ।

गत आव २०७९/८० मा यस क्षेत्रको वृद्धिदर ऋणात्मक (–१.१० प्रतिशत) रहने संशोधित अनुमान गरिएको थियो । अघिल्लो वर्ष २०७८/७९ को अन्तिम तथ्याङ्क अनुसार उक्त वर्षमा यस क्षेत्रको वृद्धिदर ६.९३ प्रतिशत कायम गरिएको थियो ।

यता, यो वर्ष उद्योग क्षेत्रको मूल्य अभिवृद्धि वृद्धिदर ऋणात्मक पनि अनुमान कार्यालयको छ । यो वर्ष यस क्षेत्रको वृद्धिदर १.६० प्रतिशत ऋणात्मक हुने प्रारम्भिक अनुमान गरिएको हो । निर्माण तथा व्यापार क्षेत्रमा सुधार हुन नसक्दा वस्तु तथा सेवाको समग्र मागमा कमी आएका कारण उत्पादनमूलक उद्योगले पूर्ण क्षमतामा उत्पादन गर्न नसकेकोले यो क्षेत्रको वृद्धिदर ऋणात्मक हुने कार्यालयको अनुमान छ ।

साथै, पछिल्लो समयमा अर्थतन्त्रमा सिर्जित विभिन्न प्रतिकुल कारणले विश्वव्यापी रूपमा नै अर्थतन्त्रमा उल्लेख्य सुधार आउन नसकेको अवस्थामा नेपालका उद्योगहरूको उत्पादनमा समेत संकुचन देखापर्ने अनुमान गरिएको हो।

गत आर्थिक वर्ष २०७९/८० मा यस क्षेत्रको वृद्धिदर ऋणात्मक (–१.९८%) रहने संशोधित अनुमान गरिएको छ। आर्थिक वर्ष २०७८/७९ को अन्तिम तथ्याङ्क अनुसार उक्त वर्षमा यस क्षेत्रको वृद्धिदर ६.७० प्रतिशत कायम गरिएको छ।

साथै, पछिल्लो समयमा अर्थतन्त्रमा सिर्जित विभिन्न प्रतिकुल कारणले विश्वव्यापी रूपमा नै अर्थतन्त्रमा उल्लेख्य सुधार आउन नसकेको अवस्थामा नेपालका उद्योगहरूको उत्पादनमा समेत संकुचन देखापर्ने अनुमान गरिएको हो ।

गत आर्थिक वर्ष २०७९/८० मा यस क्षेत्रको वृद्धिदर ऋणात्मक (–१.९८ प्रतिशत) रहने संशोधित अनुमान गरिएको छ। आर्थिक वर्ष २०७८/७९ को अन्तिम तथ्याङ्क अनुसार उक्त वर्षमा यस क्षेत्रको वृद्धिदर ६.७० प्रतिशत कायम गरिएको थियो ।


प्रतिक्रिया दिनुहोस्