फेरि घट्यो पेट्रोलियम पदार्थको मूल्य, अब कुनको कति ?
काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य घटेको छ । नेपाल आयल निगमले पेट्रोलमा प्रतिलिटर ३ रुपैयाँ, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १ रुपैयाँले मूल्य घटाएको हो ।
यससँगै अब पेट्रोल प्रतिलिटर पहिलो १६५, दोस्रो वर्गमा १६७ र तेस्रो वर्गमा (काठमाडौं) १६८ रुपैयाँ प्रतिलिटर हुनेछ । निगमका अनुसार डिजेल र मट्टितेल प्रतिलिटर पहिलो वर्गमा १५०, दोस्रो वर्गमा १५२ र तेस्रो वर्गमा १५३ रुपैयाँ कायम भएको छ ।
इन्डियन आय कर्पोरेशनबाट नै नयाँ खरिद मूल्य घटेर आएको निगमले जनाएको छ । भारतबाट घटेर आएसँगै नेपालमा पनि घटाइएको हो । तर, निगमले हवाई इन्धन र एलपी ग्यासको मूल्य भने घटाएको छैन ।