३० आयोजनाका लागि साढे २ अर्ब रकमान्तर, एक दर्जन निकायलाई पौने ३ अर्ब थप बजेट निकासा « Arthapath.com
२१ असार २०८२, शनिबार

३० आयोजनाका लागि साढे २ अर्ब रकमान्तर, एक दर्जन निकायलाई पौने ३ अर्ब थप बजेट निकासा



काठमाडौं । सरकारले ३० आयोजनाका लागि साढे दुई अर्ब रुपैयाँ रकमान्तर गरेको छ । बैशाख महिनामा २ अर्ब ४० करोड रुपैयाँ रकमान्तर गरिएको हो ।

बैशाखमा उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, रक्षा मन्त्राशहरी विकास मन्त्रालय अन्तर्गतका बजेट रकममान्तर भएको छ ।

पुँजीगत तर्फ १ करोड भन्दा बढीको एक बजेट उपशीर्षकबाट अर्को बजेट उपशीर्षकमा रकमान्तर गरिएको हो । मन्त्रालयका अनुसार बढुीगंगा जलविद्युत आयोजनाबाट नदी नियन्त्रणका लागि १२ करोड १७ लाख रुपैयाँ रकमान्तर गरिएको छ। यस्तै, उर्जा मन्त्रालयकै बुढीगंगा जलविद्युत आयोजनाका लागि छुट्याइएको २ करोड वहृत सरकारी सिंचाई योजना पुनस्र्थापना तथा व्यवस्थापन हस्तान्तरणका लागि रकमान्तर गरिएको छ। यस्तै, सोही आयोजनाको ८ करोड ५० लाख बबई सिंचाई आयोजनाका लागि र ७ करोड १ लाख ८१ हजार रुपैयाँ महाकाली सिंचाई आयोजना (कञ्चनपुर)का लागि रकमान्तर गरिएको छ ।

यस्तै, उर्जा मन्त्रालयकै जल तथा मौसम विज्ञान विभागका लागि ३ करोड ४० लाख, समुदाय व्यवस्थित सिंचित कृषि क्षेत्र आयोजनाको २ करोड नदी नियन्त्रणका लागि रकमान्तर भएको छ । यता, सिक्टा सिंचाई आयोजनाका लागि समुदाय व्यवस्थित सिंचित कृषि आयोजनाको ३ करोड र सिंचाई पुनस्र्थापना आयोजना (कुबेत फन्ड) को ४ करोड ८५ लाख रुपैयाँ रकमान्तर गरिएको छ । मन्त्रालयका अनुसार रानी जमरा कुलरिया सिंचाई आयोजना (प्रणली आधुनीकीकरण समेत) का लागि जल तथा मौसम विज्ञान विभागबाट १ करोड ५२ लाख रुपैयाँ रकमान्तर भएको छ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गत महाकाली कोरिडोर (ब्रम्हदेव–झुलाघाट–दार्चुला–टिङकर) का लागि वैकल्पिक सहायक राजमार्ग विकास कार्यक्रमबाट ५ करोड रकमान्तर भएको छ । सोही मन्त्रालयको दोस्रो पुल सुधार तथा संभार आयोजनाबाट रणनीतिक सडक पुल निर्माण तथा पुल पुलेसा संरक्षणका लागि १४ करोड रुपैयाँ, वैकल्पिक सहायक राजमार्ग विकास कार्यक्रम अन्तर्गतबाट राजमार्ग स्तरोन्नती तथा पुनस्र्थापना कार्यक्रमका लागि १ करोड ८० लाख, साँघुटार–ओखलढुंगा–कुइभिर सकडका लागि १ करोड ४ लाख रुपैयाँ र निर्वाचन क्षेत्र रणनैतिक सकडका लागि २ करोड २२ लाख रुपैयाँ रकमान्तर भएको छ ।

यता, रक्षा मन्त्रालयको जंगी अड्डालाई ३८ करोड ४४ लाख र सोही अड्डाको सैनिक हवाई महा–निर्देशनालयको लागि ७ करोड ३४ लाख रुपैयाँ रकमान्तर भएको छ । सोही मन्त्रालयको विरेन्द्र अस्पताल (पोष्ट एक्सीडेन्ड सेन्टर समेत) को ३ करोड ९५ लाख रुपैयाँ पनि सैनिक हवाई महा–निर्देशनालयको लागि रकमान्तर भएको छ ।

शहरी विकास मन्त्रालयको सघन शहरी कार्यक्रमका लागि पनि विभिन्न आयोजनाबाट १९क रोड ९६ लाख रुपैयाँ रकमान्तर गरिएको छ । उक्त कार्यक्रमका लागि राष्ट्रिय भवन प्रविधि अनुसन्धान केन्द्रको ३ करोड १४ लाख, भवन निर्माण संहिता, सरकारी भवन निर्माणबाट १ करोड २३ लाख, वस्ती विकास कार्यक्रमको ७ करोड ४२ लाख रुपैयाँ रकमान्तर भएको छ । यस्तै, भवन निर्माण संहिता, सरकारी भवन निर्माणका लागि पनि २६करोड रुपैयाँ रकमान्तर भएको छ । सो रकम वस्ती विकास कार्यक्रमबाट रकमान्तर गरिएको हो । मन्त्रालयका अनुसार विशेष भवन निर्माण आयोजनका लागि थप ३५ करोड ३६ लाख रुपैयाँ रकमान्तर गरिएको छ।

यता, एकीकृत स्वास्य पूर्वाधार विकासको ६ करोड ५५ लाख रुपैयाँ कर्णाली स्वास्थय विज्ञान प्रतिष्ठानका लागि रकमान्तर गरिएको छ। बैशाखमा बहुपर्षीय ठेक्काको स्रोत सहमति र बजेटसँग सम्वन्धित अन्य सहमति भने दिइएको छैन।

एक दर्जन निकायलाई २ अर्ब ८३ करोड थप बजेट

बैशाख महिनामा सरकारले एक दर्जन निकायलाई पौने ३ अर्ब रुपैयाँ थप बजेट निकासा गरेको छ । बैशाखमा सबैभन्दा धेरै बजेट उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय निकासा गरिएको छ ।

प्रचलित कानुन र स्वीकृत मापदण्ड बमोजिम खर्च गर्ने गरि राष्ट्रिय गौरबका आयोजना अन्तर्गत सुनकोशी मरिन डाईभर्सन बहुउद्देश्य आयोजनाका लागि नपुग थप रकमान्तर निकासा १ अर्ब ४० करोड ५ लाख रुपैयाँ छ ।

तथ्याङ्क अनुसार गृह मन्त्रालयलाई ७८ करोड ६१ लाख ७५ हजार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई ३४ करोड ४५ लाख ३८ हजार रुपैयाँ, अर्थ मन्त्रालयलाई १४ करोड ५५ लाख ३६ रुपैयाँ र शिक्षा विज्ञान तथा प्रविधिलाई दुई लाख २५ हजार रुपैयाँ बजेट थप गरिएको छ ।

रकमान्तर र थप बजेट निकासा विस्कृतमा हेर्नुहोस्,

1717734716_२०८१-बैसाखको-प्रगति


प्रतिक्रिया दिनुहोस्