विश्वकै तेस्रो ‘हाई हेड प्रोजेक्ट’ ८७ मेगावाटको लान्द्रुक मोदीमा जुट्यो लगानी, ६ बैंकले १२ अर्ब लगानी गर्ने « Arthapath.com
३१ भाद्र २०८१, सोमबार

विश्वकै तेस्रो ‘हाई हेड प्रोजेक्ट’ ८७ मेगावाटको लान्द्रुक मोदीमा जुट्यो लगानी, ६ बैंकले १२ अर्ब लगानी गर्ने



काठमाडौं । ८७ मेगावाटको लान्दु्रक मोदी जलविद्युत आयोजनाका लागि लगानी जुटेको छ ।

सिंगटी हाइड्रो इनर्जीको मुख्य लगानी रहेको कास्कीस्थित अन्नपुर्ण गाउँपालिकामा निर्माण हुने ८६.५९ मेगावाटको उक्त आयोजनामा वित्तिय व्यवस्थापन सम्पन्न भएको हो ।

उक्त आयोजनामा माछापुछ्रे बैंकको नेतृत्वमा ६ वटा बैंकले लगानी गर्ने भएको छन् । आइतबार आयोजनाको प्रवर्धक कम्पनी अन्नपुर्ण विद्युत विकास प्रालिका कार्यकारी अध्यक्ष बटु लामिछाने र माछापुछ्रे बैंक लिमिटेडको तर्फबाट बिनित कुमार झा ले लगानी सम्झौतामा हस्ताक्षर गरेका छन् ।

१६ अर्व ४० करोड लागत अनुमान गरिएको आयोजनामा बैंकहरुले ७५ प्रतिशत अर्थात १२ अर्ब २० करोड लगानी गर्ने छन् । बाँकी २५ प्रतिशत सिंगटी हाइड्रो सहित प्रबर्धक कम्पनी र अन्य प्रमोटर लगानीकर्ताहरुले व्यवस्थापन गर्ने सिंगटी हाइड्रो इनर्जीले जनाएको छ ।

आयोजनामा ग्लोबल आइएमइ, एभरेष्ट, एसबिआई, कृषि विकास र लुम्बीनी विकास बैंक समेत सहभागी हुनेछन् ।
अन्नपुर्ण विद्युत विकास प्रा.लि.द्धारा प्रबद्र्धित लान्द्रुक मोदी जलविद्युत आयोजना कास्की जिल्लाको अन्नपुर्ण गाउँपालिकामा पर्दछ ।

जलविद्युत विज्ञहरुका अनुसार यो आयोजना विश्वकै तेस्र्रो हाई हेड प्रोजेक्ट र नेपालको हकमा भने पहिलो अर्थात सबैभन्दा धेरै उचाइ भएको आयोजना हो ।

उक्त आयोजनाको हेडवक्स देखि विद्युत गृहसम्मको बास्तविक उचाई १४ सय १८ मिटर रहेको छ । नेपाली जलविद्युत आयोजनाहरुमा यो लेभलको उचाई सबै भन्दा धेरै हो ।

नेपाल विद्युत प्राधिकरणसँग यसअघि नै विद्युत खरिद सम्झौता पिपिए भैसकेको छ । आयोजनामा आगामी कात्र्तिक महिनाबाट भौतिक निर्माणको काम सुरु हुने प्रबर्धक कम्पनी अन्नपुर्ण विद्युत विकासले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्