विश्वका १२३ बढी मुलुकसँग नेपालको द्धिपक्षीय व्यापार: १०१ मुलुकसँग घाटा,२२ देशले मात्रै दिलाए नाफा
मुलुकसँग काठमाडौं । दुई महिनामा नेपालले विश्वका १२३ बढी मुलुकसँग द्धिपक्षीय व्यापार गरेको छ ।
चालु आर्थिक वर्ष २०८१–८२ को साउन र भदौ महिनामा विश्वका ती मुलुक तथा इलाकासँग नेपालले द्धिपक्षीय व्यापार गरेको हो । तर, १०० भन्दा बढी मुलुकसँगको व्यापारमा भने नेपालले घाटा व्यहोरेको छ ।
भन्सार विभाका अनुसार चालु आवको दुई महिनामा नेपालले कुल कुल २ खर्ब ८७ अर्ब ६३ करोड ५७ लाख रुपैयाँ बराबरको वैदेशिक व्यापार गरेको छ । सो अवधिमा २ खर्ब ६२ अर्ब ५४ करोड २६ लाख रुपैयाँ बराबरको आयात गरेको छ भने २५ अर्ब ९ करोड ३१ लाख रुपैयाँ बराबरको मात्रै निर्यात गरेको छ । यसरी आयातको तुलनामा निर्यात ज्यादै न्युन हुँदा नेपालले ठुलो मात्रामा व्यापार घाटा व्यहोरेको छ । दुई महिनाकै अवधिमा नेपालको कुल वैदेशिक व्यापार घाटा २ खर्ब ३७ अर्ब ४४ करोड ९५ लाख रुपैयाँ पुगेको छ ।
विभागका अनुसार १२३ वटा मुलुकसँगको वैदेशिक व्यापारमा १०१ वटा देश तथा इलाकासँग भने घाटा व्यहोरेको छ । २२ वटा मुलुकसँगको व्यापार मात्रै नेपालको पक्षमा देखिएका छन् । छिमेकी दुई मुलुक भारत र चीनसहित १०१ देशसँग नेपालले नोक्सानी व्यहोरेको हो । नेपालले सबैभन्दा धेरै व्यापार छिमेकी मुलुक भारतसँग गर्छ । तर, सोही देशसँगको व्यापारमा पनि ठुलो घाटा छ । समिक्षा अवधिमा भारतबाट नेपालले कुल १ खर्ब ६० अर्ब ६५ करोड ३८ लाख रुपैयाँ बराबरको आयत गरेको छ । तर, निर्यात भने १५ अर्ब ९८ करोड ५० लाख रुपैयाँको मात्रै छ । दुई महिनामा भारतसँगको व्यापारमा नेपाल १ खर्ब ४४ अर्ब ६६ करोड ८७ लाख रुपैयाँ घाटामा छ ।
यस्तै, चीनसँगको व्यापारमा पनि नेपालले ५१ अर्ब ८० करोड ३९ लाख रुपैयाँ घाटा व्यहोरेको छ । समिक्षा अवधिमा चीनबाट कुल ५२ अर्ब १० करोड १४ लाख रुपैयाँ बराबरको आयात गरेको छ । तर, २९ करोड ७४ लाख रुपैयाँको मात्रै निर्यात गरेको छ ।
समिक्षा अवधिमा युक्रेनसँगको व्यापारमा ४ अर्ब ७१ करोड ८ लाख, कतारसँग ४ अर्ब २ करोड ८१ लाख, अष्ट्रेलियासँग ३ अर्ब ७४ करोड ६४ लाख, मलेसियासँग २ अर्ब ५९ करोड ३५ लाख, इन्डोनेशियासँग २ अर्ब ५८ करोड, बह्रराइनसँग २ अर्ब ३० करोड ७ लाख रुपैयाँ घाटामा छ।
यतिधेरै मुलुकसँग ठुलो परिमाणमा घाटा व्यहोर्ने नेपालले २२ वटा देशसँगमात्रै नाफा गरेको छ । अर्थात् ती २२ वटा मुलुकसँगको व्यापार मात्रै नेपालको पक्षमा देखिएको छ ।
विभागका अनुसार अफ्गानस्थान, डेनमार्क, बेलायत, अष्ट्रेरिया लगायतका मुलुकसँगको व्यापारमा भने नेपालले नाफा गरेको हो । सबैभन्दा धेरै अफ्गानस्थानसँग २० करोड ९४ लाख रुपैयाँ फाइदामा छ । २ महिनामा नेपालले सो बराबरको वस्तु उक्त मुलुकमा निर्यात गरेको छ। तर, आयात भने शून्य रहेको छ ।
यस्तै, नेपाललाई नाफा दिलाउने अर्को मुलुक डेनमार्क हो । समिक्षा अवधिमा सो मुलुकबाट नेपालले कुल ७ करोड ४० लाख बरारबको आयात गरेको छ । तर, ११ करोड ८७ लाख बढीको निर्यात गरेको छ । सो अवधिमा नेपालले ४ करोड ४६ लाख रुपैयाँ नाफा गरेको छ ।
विभागका अनुसार बेलायतसँगको व्यापारमा पनि नेपालले ३ करोड ४७ लाख बढी नाफा गरेको छ। समिक्षा अवधिमा बेलायतबाट नेपालले ६४ करोड ९९ लाख रुपैयाँ बराबरको आयात गरेको छ । तर, ६८ करोड ४६ लाख बढीको निर्यात गर्न सफल भएको छ। जे होस्, नामै नसुनेका केही मुलुकसँगको व्यापार भने नेपालको पक्षमा देखिएका छन् ।
विभागका अनुसार अष्टेरियासँग ३ करोड ३४ लाख, रुसी संघसँग १ करोड ९१ लाख, लाटभियासँग ९६ लाख, मौरीटियससँग ७५ लाख नाफामा छ ।
यस्तै, क्रोसिया, आइसल्याण्ड, चद, सुडान, उरुगे, पानामा, कोसोभो जस्ता नामै नसुनेका मुलुकसँगको व्यापार पनि नेपालको पक्षमा देखएिको छ ।
कुनदेशँग नाफा, कुनसँग कति घाटा ?
profits-mulukss