नेपालका कुन-कुन भन्सार नाका मार्फत कति हुन्छ वैदेशिक व्यापार ? « Arthapath.com
११ कार्तिक २०८१, आईतवार

नेपालका कुन-कुन भन्सार नाका मार्फत कति हुन्छ वैदेशिक व्यापार ?



काठमाडौं । नेपालको वैदेशिक व्यापारका लागि दुई दर्जन बढी भन्सार नाका संचालनमा छन् । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा २७ वटा नाका मार्फत वैदेशिक व्यापार भएका हुन् ।

तीन महिनामा नेपालले कुल ४ खर्ब २९ अर्ब १३ करोड १० लाख रुपैयाँ बराबरको वैदेशिक व्यापार गरेको छ । चालु आर्थिक वर्षको साउनदेखि असोज मसान्तसम्ममा नेपालले कुल ३ खर्ब ९० करोड ७५ करोड २३ लाख २१ हजार रुपैयाँ बराबरको आयात भएको छ । सोही अवधिमा नेपालले कुल ३८ अर्ब ३७ करोड ८७ लाख रुपैयाँ बराबरको निर्यात भएका छन् ।

विभागका अनुसार सो अवधिमा सबै भन्सार नाकाबाट आयात भएता पनि एक दर्जन नाकाबाट मार्फत भने शून्य निर्यात भएको छ ।

वैदेशिक व्यापारमा सबैभन्दा ठुलो योगदान विरगञ्ज भन्सार नाकाको देखिएको छ । चालु आवको असोज मसान्तसम्मा सो नाका मार्फत १ खर्ब २७ अर्ब ८९ करोड ३६ लाख ६९ हजार रुपैयाँ बराबरको आयात भएको छ । यो कुल आयातको ३२.७३ प्रतिशत हुन आउँछ । तर, निर्यातमा भने विरगञ्ज नाकाको १९.७४ प्रतिशत योगदान देखिएको छ । समिक्षा अवधिमा ७ अर्ब ५७ करोड ६२ लाख ९८ हजार रुपैयाँ बराबरको निर्यात भएको छ ।

आयातमा विरगञ्ज नाका पहिलो सूचीमा देखिएता पनि निर्यातमा भने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अघि छ । सो नाका मार्फत तीन महिनामा ९ अर्ब ९० करोड ८३ लाख रुपैयाँ बराबरको माल बस्तु निर्यात भएका छन् । यो कुल निर्यातको २५.८२ प्रतिशत हुन् आउँछ ।

यस्तै, समिक्षा अवधिमा भैरहवा भन्सार बिन्दुबाट कुल ६३ अर्ब ५० करोड ६५ लाख रुपैयाँ बराबको आयात भएको छ भने ३ अर्ब ८ करोड ९० लाख रुपैयाँ बराबरको निर्यात भएको छ । सो नाका मार्फत कुल आयात र निर्यातको हिस्सा क्रमशः १६.२५ प्रतिशत र ८.०५ प्रतिशत छ ।

यता, कुल आयातमा ड्राइपोर्ट भन्सार नाकाको हिस्सा १४.१९ प्रतिशत, विराटनगरको १०.७३ प्रतिशत, त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थालको ७.८४ प्रतिशत रहेको छ ।

यता, निर्यातमा विराटनगर भन्सारको योगदान २१.२५ प्रतिशत, मेचीको १५.८५ प्रतिशत, भैरहवाको ८.०५ प्रतिशत र ड्राइपोर्टको ३.२८ प्रतिशत छ । यी बाहेकका अन्य भन्सार नाकाको योगदान २ प्रतिशत भन्दा कम छ ।

२९ वटा भन्सार नाका संचालनमा रहेता पनि ११ वटा नाका मार्फत भने शून्य निर्यात देखिएको छ । समिक्षा अवधिमा थादी, त्रिवेणी, भन्द्रपुर, राजविराज, सुनसरी, तातोपानी नाका, महेशपुर, सती, लगायतका ११ भन्सार बिन्दुबाट आयात मात्रै भएको छ । ती नाका मार्फत नेपालले कुनै पनि मालवस्तु निर्यात गरेको छैन ।

नेपालका कुन भन्सार नाका मार्फत कति वैदेशिक व्यापार ?


प्रतिक्रिया दिनुहोस्