साढे २७ अर्ब बराबरको वैदेशिक लगानी प्रतिवद्धता, ४०९ वटा प्रोजेक्टका लागि कमिटमेन्ट « Arthapath.com
२ माघ २०८१, बुधबार

साढे २७ अर्ब बराबरको वैदेशिक लगानी प्रतिवद्धता, ४०९ वटा प्रोजेक्टका लागि कमिटमेन्ट



काठमाडौं । चालु आर्थिक वर्षको ६ महिनामा साढे २७ अर्ब बराबरको वैदेशिक लगानी प्रतिवद्धता आएको छ ।

उद्योग विभागका अनुसार चालु आवको पुस मसान्तसम्म ४०९ वटा परियोजनाका लागि सो बराबरको वैदेशिक लगानी प्रतिवद्धता आएको हो ।

सो अवधिमा २७ अर्ब ६२ करोड ९२ लाख ७९ हजार रुपैयाँ बराबरको लगानी प्रतिवद्धता आएको छ ।

सेयर पर्चेज एग्रिमेन्ट(एसपीए), सेयर सब्सक्रिप्सन एग्रिमेन्ट (एसएसए) र टेक्नोलोजी ट्रान्सफर एग्रिमेन्ट (टीटीए) क्षेत्रका अर्थात् स्वचालित प्रणाली, स्वीकृति र सेयर खरिद लगायतमा विदेशी लगानीकर्ताले उक्त परिमाणको लगानी भित्र्याउने प्रतिबद्धता जनाएका हुन् ।

विभागका अनुसार स्वचालित प्रणाली ६ महिनामा ३५४ वटा परियोजनामा २५ अर्ब ७७ करोड ६४ लाख ८८ हजार रुपैयाँ बराबरको वैदेशिक लगानी प्रविद्धता आएको छ ।

अप्रुभल रुट मार्फत २०० वटा परियोजनामा लगानी प्रतिवद्धता जनाएका छ ।सो बराबरको परियोजनका लागि २३ अर्ब ३९ करोड ४९ लाख ७६ हजार रुपैयाँ बराबरको वैदेशिक लगानी प्रतिवद्धता आएको हो ।

यता, सेयर पर्चेज एग्रिमेन्ट(एसपीए), सेयर सब्सक्रिप्सन एग्रिमेन्ट (एसएसए) र टेक्नोलोजी ट्रान्सफर एग्रिमेन्ट (टीटीए) क्षेत्रका ६० वटा उद्योगका लागि १ अर्ब ८५ करोड २७ लाख ९१ हजार रुपैयाँ बराबरको लगानी प्रतिवद्धता आएको विभागले जनाएको छ ।


विभागका अनुसार सबैभन्दा धेरै लगानी प्रतिवद्धता भने साना उद्योगका लागि आएका छन् । समिक्षा अवधिमा ३४५ वटा साना उद्योगका लागि लगानी प्रतिवद्धता आएको हो ।

यस्तै, ५ वटा मध्यम र ४ वटा ठुला परियोजनका लागि लगानी प्रतिवद्धता आएको विभागले जनाएको छ । प्रतिवद्धता आएका उद्योगहरु संचालनमा आएपछि कुल १० हजार २४४ जनाले रोजगार पाउने विभागले जनाएको छ ।

विभागका अनुसार पुस महिनामा मात्रै ५ अर्ब ३१ करोड ७ लाख रुपैयाँ बराबरको लगानी प्रतिवद्धता आएको छ । गत मंसिरमा पनि २ अर्ब ५१ करोड ७३ लाख ५० हजार रुपैयाँ बराबरको ६७ उद्योगका लागि वैदेशिक लगानी प्रतिवद्धता आएको छ ।

विभागका अनुसार गत कात्तिकमा २ अर्ब २४ करोड ३७ लाख ९६ हजार रुपैयाँ, असोजमा ३ अर्ब ९७ करोड ६३ लाख, भदौमा ४ अर्ब ११ करोड ६६ लाख ५० हजार र साउनमा ९ अर्ब ४६ करोड ४५ लाख ७२ हजार बराबरको लगानी प्रतिवद्धता आएको थियो ।

हालसम्म भने कुल ५ खर्ब ४५ अर्ब ५३ करोड ८९ लाख ८५ हजार रुपैयाँ बराबरको वैदेशिक लगानी प्रतिवद्धता आएको छ । लगानी प्रतिवद्धता आएका उद्योग संचालनमा आए पश्चात ३ लाख ३८ हजार ५१७ जनाले प्रत्यक्ष रोजगारी पाउनेछन् ।

नेपालमा सबैभन्दा धेरै पर्यटन क्षेत्रमा लगानी आउने गरेको छ। समिक्षा अवधिमा कुल प्रतिवद्धताको ४४ प्रतिशत हिस्सा पर्यटन क्षेत्रले ओगटेको छ । विभागका अनुसार पर्यटन क्षेत्रमा १५७ वटा लगानी प्रतिवद्धता आएको छ ।

यस्तै, सूचना प्रवृधि क्षेत्रमा ३४ प्रतिशत अर्थात् ११९ वटा र सेवा क्षेत्रका १३ प्रतिशत अर्थात् ४५ वटा उद्योगका लागि लगानी प्रतिवद्धता आएको हो ।


प्रतिक्रिया दिनुहोस्