ब्याजदर घटेको मौका छोप्दै ‘घर–घडेरी’ जोड्नेहरु बढे, कुन बैंकले कति दिए ऋण ? « Arthapath.com
६ माघ २०८१, आईतवार

ब्याजदर घटेको मौका छोप्दै ‘घर–घडेरी’ जोड्नेहरु बढे, कुन बैंकले कति दिए ऋण ?



काठमाडौं । व्यक्तिगत घरकर्जामा बैंकहरुले लगानी बढाएका छन् । पछिल्लो एक वर्षको अवधिमा नै वाणिज्य बैंकहरुले साढे १५ अर्ब लगानी थपेका छन् । व्यक्तिगत घर घडेरी खरिदका लागि बैंकहरुले धमाधम कर्जा लगानी बढाइरहेका छन् ।

चालु आर्थिक वर्षको मंसिर मसान्तसम्म आइपुग्दा बैंकहरुले कुल ३ खर्ब १९ अर्ब ८१ करोड ४२ लाख रुपैयाँ घर कर्जा प्रवाह गरेका छन् । यो गत आवको सोही अवधिको तुलनामा ५.१९ प्रतिशत अर्थात् १५ अर्ब ७७ करोड ८९ लाख रुपैयाँ बढी हो । गत आवको मंसिर मसान्तसम्ममा भने बैंकहरुले ३ र्ख ४ अर्ब ३ करोड ५३ लाख रुपैयाँ कर्जा प्रवाह गरेका थिए ।

पछिल्लो समय कर्जाको ब्याजदर निरन्तर घट्दो क्रममै छ । हाल कर्जाको ब्याजदर समेत एकल अंकको बिन्दुमा आएको अवस्था छ । ब्याजदर घटेको मौकामा बैंकबाट लिएर घर घडेरी जोड्नेहरु बढी रहेका छन् । कतिपय बैंकहरुले त आधार दरमै आवासीय घर कर्जा दिने अफरसमेत ल्याएका छन् । यस्तो कारण पनि हाल व्यक्तिगत आवसीय घर कर्जाको माग बढ्दो छ । बैंकहरु पनि लगानी बढाउन तम्सिएका छन् ।

हाल बैंकहरुले व्यक्तिगत आवसीय घर कर्जामा २ करोडसम्म लगानी गर्न पाउँछन् । पहिलो पटक घर निर्माण, खरिद गर्नका लागि बैंकबाट सो बराबरको सीमा ऋण लिन पाउने राष्ट्रको व्यवस्था छ ।

समिक्षा अवधिमा अधिकांश बैंकहरुले यस्तो शीर्षकको ऋण लगानी आक्रामक रुपमा बढाएका छन् । तर, ७ वटा बैंकले भने गत वर्षको तुलनामा घटाएका छन् ।

नेपाल इन्भेष्टमेन्ट मेगा, हिमालयन, एनआइसी एशिया, लक्ष्मी सनराइज, प्रभू,माछापुच्छ्रे र एभरेष्ट बैंकले भने यस्तो शीर्षकको कर्जा घटाएका छन् । तर, यी बाहेकका अन्य बैंकहरुले भने व्यापाक मात्रामा बढाएको देखिन्छ ।

व्यक्तिगत घरकर्जा विस्तारमा सिद्धार्थ बैंकको आक्रामक देखिन्छ । यस्तो कर्जा २९.१२ प्रतिशत बढाएर १२ अर्ब ९३ करोड ६५ लाख रुपैयाँ पुर्याएको छ । जबकि, गत आवको मंसिर मसान्तसम्म आइपुग्दा बैंकको यस्तो कर्जा १० अर्ब १ करोड ८९ लाख रुपैयाँ मात्रै थियो ।

यस्तै, ग्लोबल आइएमई बैंकले पनि यस्तो २६.२१ प्रतिशत बढाएको छ । समिक्षा अवधिमा बैंकले व्यक्तिगत कर्जा कर्जाका लागि ३६ अर्ब ६७ करोड ५७ लाख रुपैयाँ लगानी गरेको छ ।

यता, वृद्धिदरकै आधारमा भने सानिमाको २५.३३ प्रतिशत र कृषि विकास बैंकको पनि २५.२८ प्रतिशत छ । समिक्षा अवधिमा यी दुई बैंकले क्रमशः ९ अर्ब १९ करोड २१ लाख र ११ अर्ब १६ करोड ८२ लाख रुपैयाँ कर्जा व्यक्तिगत घर बनाउन दिएका छन् ।
तर, रकमको आधारमा भने सबैभन्दा ठुलो लगानी एनआइसी एशियाको ५३ अर्ब ९६ करोड ७९ लाख रुपैयाँ छ । यो व्यक्तिगत घर कर्जा प्रवाहको १६.६८ प्रतिशत हुन आउँछ । दोस्रोमा भने ग्लोबल आइएमई नै छ ।

तेस्रो सूचीमा रहेको नबिल बैंकले पनि २६ अर्ब ८८ करोड ५५ लाख, राष्ट्रिय वाणिज्य बैंक २६ अर्ब ४९ करोड ९२ लाख रुपैयाँ प्रवाह गरेका छन् ।

यस्तै, लक्ष्मी सनराइजले १८ अर्ब ३७ करोड १३ लाख, एनएमबिले १६ अर्ब २६ करोड ७ लाख, प्रभूले १३ अर्ब ५२ करोड ४२ लाख, कुमारीले १२ अर्ब ९३ करोड ६५ लाख, सिटिजनले १० अर्ब ३३ करोड ५३ लाख, नेपाल बैंकले १० अर्ब १४ करोड ८४ लाख रुपैयाँ व्यक्तिगत घर कर्जामा लगानी गरेका छन् ।

यता, स्ट्याण्डर्ड चार्टर्डले ८ अर्ब ७९ करोड ६३ लाख, प्राइम बैंकले ८ अर्ब ३० करोड ७३ लाख, एनआइएमबिले ७ अर्ब ५६ करोड ६३ लाख, माछापुच्छ्रेले ६ अर्ब ३५ करोड ८ लाख, हिमालयनले ५ अर्ब ४ करोड १७ लाख र नेपाल एसबिआईले २ अर्ब ३५ करोड ८३ लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् ।

कुन बैंकले कति दिए व्यक्तिगत घर कर्जा ? रकम दश लाखमा


प्रतिक्रिया दिनुहोस्