पूर्व अर्थमन्त्री विष्णु पौडेललाई धरौटी बिना नै साधारण तारिखमा रिहा गर्न विशेष अदालतको आदेश « Arthapath.com
१ श्रावण २०८३, शुक्रबार

पूर्व अर्थमन्त्री विष्णु पौडेललाई धरौटी बिना नै साधारण तारिखमा रिहा गर्न विशेष अदालतको आदेश



काठमाडौं । पूर्व अर्थमन्त्री एवं नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई विशेष अदालतले साधारण तारेखमा छाड्न आदेश दिएको छ ।

अदालतले विष्णु पौडेलको संलग्नता तत्काल प्राप्त प्रमाणबाट नखुलेको, आरोपमाथि उनले इन्कारी बयान दिएको र दीपक भट्टसँग उनले वित्तिय कारोबार गरेको अनि सम्पत्ति वा लाभ प्राप्त गरेको नदेखिएको भन्दै विशेष अदालतले उनलाई सामान्य तारेखमा छाड्न आदेश दिएको हो ।

नारायणप्रसाद पौडेल, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासले तीनवटा आधार देखाउँदै पौडेललाई थुनामा राखेर वा धरौटी मागेर मुद्दा अघि बढाउन आवश्यक नरहेको निस्कर्ष निकालेको हो ।

पौडेल गत असार ८ गते सम्पत्ति शुद्धीकरण अनुसन्धानका लागि सुर्खेतबाट पक्राउ परेका थिए।


प्रतिक्रिया दिनुहोस्