विश्वका १५७ बढी देशसँग नेपालको व्यापार : अधिकांश मुलुकसँग व्यापार घाटा, कुन देशसँग कति ?

काठमाडौं । नेपालले विश्वका डेढ सय बढी मुलुकसँग वैदेशिक व्यापार गर्दै आएको छ । चालु आर्थिक वर्षको पुस मसान्तसम्म आइपुग्दा १५७ भन्दा बढी देशसँग व्यापार गरेको छ । तर, अधिकांश मुलुकसँग भने नेपालले घाटा व्यहोरेको छ ।
भन्सार विभागका अनुसार ३३ वटा देशसँगको व्यापारमा मात्रै नेपाल नाफा देखिएको छ । अफ्गानस्थान, डेनमार्क लगायतका झन्डै तीन दर्जन मुलुक बाहेक सबैसँग ठुलो मात्रामा व्यापार घाटा व्यहोरेको छ । समिक्षा अवधिमा १५७ वटा मुलुकसँगको द्धिपक्षीय व्यापारमा ११६ वटा देशसँग भने घाटा व्यहोरेको हो ।
चालु आवको ६ महिनामा नेपालले कुल ९ खर्ब २१ अर्ब १५ करोड ९७ लाख रुपैयाँ बराबरको वैदेशिक व्यापार गरेको छ ।
समिक्षा अवधिमा कुल ८ खर्ब २२ अर्ब ३७ करोड ५ लाख रुपैयाँ बराबरको आयात गरेको छ भने ९८ अर्ब ७८ करोड ९२ लाख रुपैयाँको मात्रै निर्यात गरेको छ । आयातको तुलनामा निर्यात कम हुँदा नै नेपालले ठुलो आकारमा व्यापार घाटा व्यहोर्दै आएको हो । ६ महिनामै नेपालको ७ खर्ब २३ अर्ब ५८ करोड १२ लाख रुपैयाँ बराबरको व्यापार घाटा छ ।
यी हुन् नेपाललाई नाफा दिलाउने मुलुकहरु (रकम हजारमा)

विभागका अनुसार नेपालले सबैभन्दा ठुलो व्यापार घाटा छिमेकी मुलुक भारतसँग व्यहोरेको छ । ६ महिनामै भारतबाट कुल ५ खर्ब २ अर्ब ८५ करोड १६ लाख रुपैयाँ बराबरको आयात गरेको छ । तर, सो अवधिमा ७३ अर्ब ७१ करोड १२ लाख रुपैयाँ बराबरको निर्यात गरेको छ ।
आयातको तुलनामा निर्यात कम भएपछि भारतसँग नेपालको व्यापार घाटा ४ खर्ब २९ अर्ब १४ करोड ३ लाख रुपैयाँ छ । नेपालले भारतबाट पेट्रोल, डिजेल, खाना पकाउने एलपी ग्यास, औद्योगिक कच्च पदार्थ मोटर गाडी आयात गर्दै आएको छ। यसका साथै विद्युतीय उपकरण, खाद्य सामग्री, लत्ता कपडा, औषधी र घरेलु उपकरण सामग्रीहरुले ठुलो मात्रामा आयात गर्दै आएको छ ।
भारतपछि सबैभन्दा ठुलो व्यापार घाटा चीनसँग छ । ६ महिनामा चीनसँगको व्यापार घाटा १ खर्ब ५८ अर्ब ६२ करोड ८ लाख रुपैयाँ कायम भएको छ । विभागका अनुसार पुस मसान्तसम्म चीनबाट नेपालले १ खर्ब ६० अर्ब ५४ करोड ३१ लाख रुपैयाँ बराबरको आयात गरेको छ ।तर, १ अर्ब ९२ करोड २२ लाख रुपैयाँको मात्रै निर्यात गरेको छ । चीनबाट भने नेपालले ठुलो मात्रामा विद्युतीय सामग्री आयात गर्दै आएको छ । यस्तै, मोबाइल, टिभी, ल्यापटप, टिभी, क्यामेरा, औद्योगिक कच्च पदार्थ, बिजुली उपकरण, निर्माण कार्य, कृषि तथा उद्योगहरुका लागि आवश्यक मेसिनरी सामग्री आयात गर्दै आएको छ ।
नेपालबाट भने विश्वका विभिन्न मुलुकले कृषिजन्य वस्तुहरु, वनस्पति उत्पादन, खनिज तथा उद्योगजन्य उत्पादनहरु लैजान्छ । विशेषगरि भारत तर्फ विद्युत, सिमेन्ट, गिट्टी, बालुवा, फलाम तथा इस्पात सामग्री, प्लाइउड, हस्तकला सामग्रीहरु चिया, अदुवा मसला लगायत सामान निर्यात हुँदै आएको छ ।
समिक्षा अवधिमा अर्जेन्टिनासँग २२ अर्ब ६२ करोड ४६ लाख, युक्रेनसँग १३ अर्ब २ करोड २३ लाख, यूएईसँग ९ अर्ब ६३ करोड ८२ लाख, अष्ट्रेलियासँग ८ अर्ब ५९ करोड ९३ लाख, थाइल्याण्ड ७ अर्ब ६० करोड ६१ लाख, इन्डोनेशियासँग ७ अर्ब ३६ करोड ४४ लाख रुपैयाँ व्यापार घाटा छ ।
कुन देशसँग कति व्यापार घाटा ? (रकम हजारमा)



