सम्पत्तिको आधारमा बैंकहरुको रोलक्रम, कुन बैंक कति धनी ?

काठमाडौं । बैंकहरुको सम्पत्ति एक वर्षमै ३ खर्ब थपिएको छ । वाणिज्य बैंकहरुको कुल सम्पत्ति ७२ खर्ब नजिक छ ।
बैंकहरुले हालै प्रकाशन गरेको चालु आर्थिक वर्षको दोस्रो त्रेमासको वित्तीय विवरणले यस्तो देखाएको हो ।
हाल बैंकहरुको कुल सम्पत्ति ७१ खर्ब ९६ अर्ब ८१ करोड ९ लाख ३३ हजार रुपैयाँ पुगेको छ । यो गत आवको दोस्रो त्रैमासको तुलनामा भने २ खर्ब ९९ अर्ब ८४ करोड ६६ लाख रुपैयाँ बढी हो । गत आवको सो अवधिमा बैंकहरुको सम्पत्ति ६८ खर्ब ९६ अर्ब ९६ करोड ४३ लाख ३१ हजार रुपैयाँ कायम भएको छ ।
समिक्षा अवधिमा एनआइसी एशिया बाहेकका सबै बैंकको सम्पत्ति बढेको छ । एनआइसीको सम्पत्ति ११.२८ प्रतिशत घटेर ३ खर्ब ६४ अर्ब ८४ करोड ५४ लाख रुपैयाँ कायम भएको छ ।
सम्पत्तिको आधार सबैभन्दा धनी ग्लोबल आइएमई बैंक छ । बैंकसँग हाल ६ खर्ब ४० अर्ब २४ करोड ८७ लाख रुपैयाँ बराबरको सम्पत्ति छ । धेरै सम्पत्ति हुने बैंकको दोस्रो सूचीमा नबिल छ । नबिलसँग हाल ५ खर्ब ८५ अर्ब ४८ करोड ४ लाख रुपैयाँ बराबरको सम्पत्ति छ ।
तेस्रो सूचीमा रहेको नेपाल इन्भेष्टमेन्ट मेगा बैंकसँग पनि ५ खर्ब ३३ अर्ब १८ करोड ६१ लाख रुपैयाँ बराबरको सम्पत्ति छ । यता, राष्ट्रिय वाणिज्य बैंकको सम्पत्ति पनि ५ खर्ब २६ अर्ब १४ करोड ७५ लाख रुपैयाँ छ । यी चारै वटा बैंकको सम्पत्ति गत आवको सोह िअवधिमा भने क्रमशः ५ खर्ब ५७ अर्ब १ करोड ९८ लाख, ४ खर्ब ९१ अर्ब ५४ करोड १७ लाख र ५ खर्ब ९ अर्ब १८ करोड १८ लाख रुपैयाँ थियो ।
पाँचौं स्थानमा रहेको कुमारी बैंकको सम्पत्ति पनि ४ खर्ब ३६ अर्ब ७४ करोड ७६ लाख छ । यता, लक्ष्मी सनराइजसँग ४ खर्ब ९ अर्ब ९७ करोड ५८ लाख बराबरको सम्पत्ति छ ।
यस्तै, प्रभू बैंकसँग ३ खर्ब ६७ अर्ब २१ करोड, हिमालयनसँग ३ खर्ब ६६ अर्ब ४२ करोड, नेपाल बैंकसँग ३ खर्ब ६४ अर्ब ८४ करोड, एनएमबिसँग ३ खर्ब २२ अर्ब ५५ करोड, कृषि विकाससँग ३ खर्ब २० अर्ब १५ करोड, एभरेष्टसँग ३ खर्ब १४ अर्ब ८६ करोड र सिद्धार्थ बैंकसँग ३ खर्ब ६ अर्ब ६ करोड रुपैयाँ सम्पत्ति छ ।
त्यसैगरि प्राइमसँग २ खर्ब ९० अर्ब ४५ करोड, सानिमासँग २ खर्ब ४६ अर्ब ३ करोड ७४ लाख, सिटिजनसँग २ खर्ब २७ अर्ब क ९५ करोड, नेपाल एसबिआईसँग २ खर्ब २२ अर्ब ६७ करोड, माछापुच्छ्रेसँग १ खर्ब ९९ अर्ब ५३ करोड र स्ट्याण्डर्ड चार्टर्डसँग १ खर्ब ५१ अर्ब ६७ करोड रुपैयाँ सम्पत्ति छ ।
कुन बैंकसँग कति छ सम्पत्ति ? (रकम हजारमा)
