नाफामा नबिल बैंककै वर्चश्व: ग्रोथमा नेपाल बैंक र प्रभूको छलाङ, आधा दर्जन बैंकको नाफा घट्यो « Arthapath.com
२६ फाल्गुन २०८१, सोमबार

नाफामा नबिल बैंककै वर्चश्व: ग्रोथमा नेपाल बैंक र प्रभूको छलाङ, आधा दर्जन बैंकको नाफा घट्यो



काठमाडौं । ७ महिनामै वाणिज्य बैंकहरुले ३६ अर्ब बढी नाफा कमाएका छन् । नेपाल राष्ट्र बैंकले उपलब्ध गराएको चालु आर्थिक वर्ष २०८१–८२ माघ मसान्तसम्मको तथ्याङ्कले यस्तो देखाएको हो ।

चालु आवको ७ महिनामा २० वटा बैंकहरुले ३६ अर्ब ६ करोड ७९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका छन् । यद्यपि, यो नाफा गत आवको सोही अवधिको तुलनामा भने सामान्य अर्थात् १.६२ प्रतिशत मात्रै बढी हो । गत आवको माघ मसान्तसम्म आइपुग्दा ती बैंकहरुले ३५ अर्ब ४९ करोड २४ लाख रुपैयाँ खुद नाफा कमाएका थिए ।

समिक्षा अवधिमा ११ वटा बैंकको नाफा घटेको छ । त्यसबाहेकका अन्य बैंकहरुले भने गत वर्षको तुलनामा नाफा वृद्धि गरेका छन् ।

नाफामा नबिल बैंक नै नम्बार वान् कहलिएको छ । नबिलले सर्वाधिक ४ अर्ब १ करोड ११ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । नाफा धेरै कमाउनेको पहिलो सूचीमा प्रायः नबिल बैंक नै पर्छ । यद्यपि, यो नाफा गत आवको तुलनामा भने झिनो अर्थात् ०.६१ प्रतिशत मात्रै धेरै हो ।

नाफा रकमको आधारमा दोस्रो सूचीमा ग्लोबल आइएमई बैंक छ । बैंकले ७ महिनामा ३ अर्ब ८९ करोड ५ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा गत आवको तुलनामा भने ४५.०१ प्रतिशत बढी हो ।

तेस्रो सूचीमा रहेको नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआइएमबि) ले पनि नाफा ४४.५१ प्रतिशत बढाएर ३ अर्ब ४३ करोड ९६ लाख रुपैयाँ पुर्याएको छ । गत आवको माघ मसान्तसम्ममा पनि बैंकले २ अर्ब ६८ करोड २९ लाख रुपैयाँ नाफा कमाएको थियो ।

चौंथो सूचीमा रहेको एभरेष्ट बैंकले पनि ७ महिनामा २ अर्ब ५७ करोड ३८ लाख रुपैयाँ नाफा कमाएको छ ।
यस्तै, नेपाल बैंकले २ अर्ब ४५ करोड ८४ लाख, एनएमबि बैंकले ३ अर्ब ३४ करोड ४९ लाख रुपैयाँ र प्राइम बैंकले २ अर्ब १८ करोड २३ लाख रुपैयाँ नाफा कमाएका छन् ।

सर्वाधिक नाफा बढाउनेको पहिलो सूचीमा भने नेपाल बैंक छ । बैंकको नाफा १५६.३ प्रतिशत बढेको हो । दोस्रो सूचीमा रहेको प्रभू बैंकले पनि ९७.७८ प्रतिशत बढाएर १ अर्ब ८३ करोड ४६ लाख रुपैयाँ पुर्याएको छ ।

समिक्षा अवधिमा एनआइसी एशिया बैंकको नाफा भने सर्वाधिक ७८.३१ प्रतिशत घटेको छ । यस्तै, राष्ट्रिय वाणिज्य बैंकको नाफा पनि ५३.८३ प्रतिशत, कृषि विकास बैंकको ४९.१५ प्रतिशत, सिद्धार्थको ३९.७ प्रतिशत, कुमारीको ३४.१६ प्रतिशत, हिमालयनको १९.८६ प्रतिशत घटेको छ ।

यता, प्राइमको नाफामा पनि १४.३१ प्रतिशत, सिटिजन्सको ९.५३ प्रतिशत, स्ट्याण्डर्ड चार्टर्डको ५.३१ प्रतिशत, सानिमाको २.०९ प्रतिशत र माछापुच्छ्रे बैंकको १.२४ प्रतिशत घटेको छ ।

कसले कति कमाए नाफा ? (रकम दश लाखमा)


प्रतिक्रिया दिनुहोस्