नेप्सेको सीइओका लागि ५ जना छानिए, अगामी बुधबार अन्तर्वार्ता हुने

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सीइओ) का संक्षिप्त सुचीमा ५ जनालाई अन्तर्वार्ताका लागि मिति तय भएको छ ।
नेप्सेको सीइओका लागि चुडामणी चापागाई, नारद कुमार लुइटेल, बद्री प्रसाद आचार्य र हेमन्त बस्याल संक्षिप्त सूचीमा परेका छन् ।
नेप्से सीइओ नियुक्तिका लागि गठित सिफारिस समितिका अनुसार उनीहरुको व्यवासायिक कार्ययोजनाको प्रस्तुतिकरण र अन्तवार्ता आगामी बुधवार अर्थात् चैत ६ गते अर्थमन्त्रालयमा हुनेछ ।
