गाडी आयातदेखि विदेशी भुक्तानीसम्म : राष्ट्र बैंकको एकीकृत परिपत्र संशोधन, के–के बद्लियो ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले सवारीसाधन र ढुवानीका साधन आयात, एलसी भुक्तानी र धरौटीसम्बन्धी प्रक्रियामा सुधार गर्दै एकीकृत परिपत्र २०८१ मा संशोधन गरेको छ ।
नयाँ व्यवस्था अनुसार अब आयातका लागि एलसी जारी गर्दा स्विफ्ट वा राष्ट्र बैंकबाट स्वीकृत भुक्तानी उपकरण प्रयोग गर्नुपर्ने व्यवस्था गरिएको छ ।
त्यस्तै, निर्यातकलाई अग्रिम भुक्तानी प्रमाणपत्र जारी गर्ने व्यवस्था लागू गरिएको छ, जसले गर्दा निर्यातकहरूलाई रकम भुक्तानी गर्दा पूर्व प्रक्रिया पुरा गर्न सकिनेछ ।
भारतीय भन्सारसँग प्रमाणित शुल्कको छूट प्रणालीमा विशेष आर्थिक क्षेत्रका निर्यातकलाई भारतीय सरकारी निकायको प्रमाणपत्रको आधारमा सुविधा दिइनेछ।
परिपत्रले विदेशी नागरिकको पारिश्रमिक सटही व्यवस्थालाई पनि सुधार गरेको छ । अब नेपालमा काम गर्ने विदेशी नागरिकहरूको पारिश्रमिक कर कट्टीपश्चात विदेशी मुद्रा वा भारतीय रुपैयाँमा पठाउन सकिनेछ। यसका लागि आवश्यक कागजातहरूका आधारमा ७० प्रतिशत रकम सटही गर्न सक्ने व्यवस्था गरिएको छ ।
यसैगरी, सार्वजनिक खरिदसम्बन्धी कानुनमा पनि संशोधन गर्दै भारतबाट आयातित वस्तुहरूका लागि विदेशी मुद्रा सटही सुविधा प्रदान गर्न सकिनेछ । राष्ट्र बैंकले परिपत्र जारी गर्दै कुटनीतिक निकाय र विदेशी संस्थाहरूलाई भिसा शुल्क पठाउन पनि व्यवस्था गरेको छ ।
गाडी आयातदेखि विदेशी भुक्तानीसम्म : राष्ट्र बैंकको एकीकृत परिपत्र संशोधन, के–के बद्लियो ?
















