राष्ट्र बैंकमा निर्देशकहरूको फेरी सरुवा « Arthapath.com
३१ श्रावण २०७६, शुक्रबार

राष्ट्र बैंकमा निर्देशकहरूको फेरी सरुवा



काठमाडौं । नेपाल राष्ट्र बैंकमा फेरी पाँच जना निर्देशकहरूको सरुवा भएको छ । गत साता गरिएको सरुवामा बैंक तथा वित्तीय संस्था नियमन विभागको निर्देशकमा मुद्रा व्यवस्थापन विभागका निर्देशक किरण पण्डितलाई लगिएको छ । मुद्रा व्यवस्थापन विभागको रिक्त निर्देशकमा लघुवित्त प्रवद्र्धन तथा सुपरीवेक्षण विभागका निर्देशक दयाराम शर्मा पंगेनी पुगेका छन् । उता विदेशी विनिमय व्यवस्थापन विभागको निर्देशकमा जनशक्ति व्यवस्थापन विभागका निर्देशक गुरूप्रसाद पौडेललाई र पौडेलको स्थानमा अनुसन्धान विभागका बुद्धराज शर्मालाई लगिएको छ ।

विदेशी विनिमय व्यवस्थापन विभागका ईश्वरीप्रसाद न्यौपानेलाई लघुवित्त प्रवद्र्धन तथा सुपरीवेक्षण विभागमा सरुवा गरिएको छ । तर, गभर्नरले निकै विश्वासका साथ झण्डै डेढ वर्षअघि जनशक्ति व्यवस्थापन विभागमा लगेका कार्यकारी निर्देशक पिताम्बर भण्डारी भने आफूलाई गतिलो विभागमा नलगेकोमा झनै खिन्न हुँदै गएका उनैका समकक्षीहरूले बताउन थालेका छन् ।


प्रतिक्रिया दिनुहोस्