ओली र मोदिले स्वीच थिचेर गरे पेट्रोलियम पाइपलाइनको उद्घाटन « Arthapath.com
२४ भाद्र २०७६, मंगलवार

ओली र मोदिले स्वीच थिचेर गरे पेट्रोलियम पाइपलाइनको उद्घाटन



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आ–आफ्नो देशबाटै स्वीच थिचेर पेट्रोलियम पाइपलाइनको उद्घाटन गरेका छन् । मंगलबार दुबै देशका प्रधानमन्त्रीले संयुक्त रुपमा स्वीच थिचेर पाइपलाइनको उद्घाटन गरे ।
उताबाट मोदीले डिजेल पठाएका थिए भने यताबाट ओलीले स्विच्छ दबाएर डिजेललाई रिसिभ गरेका थिए । पाइपलाइनबाट पेट्रोलियम पदार्थ आउन थालेपछि नेपाल आयल निगमले २ रुपैयाँको दरले मूल्य घटाएको छ । भारतको मोतिहारीबाट अमलेखगञ्जसम्म बिछ्याइएको सो पाइप लाइननेपालको तर्फबाट प्रधानमन्त्री केपी शर्मा ओलीले सिंहदरबारबाट र भारतको तर्फबाट प्रधानमन्त्री नरेन्द्र मोदीले नयाँदिल्लीस्थित हैदरावाद हाउसबाट ‘भिडियो कन्फरेन्स’मार्फत एकैसाथ स्वीच थिचेर सो परियोजनाको समुद्घाटन गरे ।
उद्घाटनसँगै मोतिहारीबाट ६९ किलोमिटर दुरी अमलेखगञ्जसम्म पाइपलाइनमार्फत पेट्रोलियम पदार्थ भित्रिएको छ । यो पाइपलाइन दक्षिण एशियाकै पहिलो ‘क्रस बोर्डर’ परियोजना हो । पाइप लाइनबाट दैनिक झण्डै चार हजार किलोलिटर पेट्रोलियम पदार्थ ल्याउन सकिने परियोजनाले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्