अर्थसचिव डा. खनालको पदावधी बुधबार सकिदैं बन्लान त राष्ट्र बैंकको गभर्नर ? « Arthapath.com
२० माघ २०७६, सोमबार

अर्थसचिव डा. खनालको पदावधी बुधबार सकिदैं बन्लान त राष्ट्र बैंकको गभर्नर ?



काठमाडौं । अर्थ सचिव डा. राजन खनाल बुधबार सरकारी सेवाबाट अवकास हुँदैछन । सन् १९९३ बाट सरकारी सेवामा प्रवेश गरेका खनाल बुधबार अवकाश हुन लागेका हुन ।
भावी गभर्नरको चर्चामा रहेका खनालको अवकासले बजारमा तरंग पैदा भएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले मन पराउने सचिव खनाल राष्ट्र बैंकको गभर्नर बन्ने संभावना छ । यद्येपी खनालले आफु गभर्नरको दौडमा नरहेको बताइसकेका छन । धेरैले उनलाई वित्त आयोगको सदस्यमा सिफारिस हुने आकलन छन ।
गभर्नरको नियुक्ती नित्तान्त प्रधानमन्त्रीको तजविजीमा हुने भएकाले खनालको संभावना कम देखिन्छ । गभर्नर बन्न जसले प्रधानमन्त्रीलाई रिजाउन सक्यो उसैले बाजी मर्दै आएका छन । उनलाई प्रधानमन्त्रीले च्याप्ने संभावना कम छ । खनाल राष्ट्र बैंकको संचालकबाट सोमबारै विदाइ भैसकेका छन । खनाललाई पुन राष्ट्र बैंक फर्काउन अर्थमन्त्री खतिवडाले गभर्नर सिफारिस कमिटिनै नबनाई बसेका छन । खनाल अवकाशको मिति कुरेर बसेका अर्थमन्त्रीले आगामी सोमबार गभर्नर छनोट कमिटि बनाउने संभावना छ ।
महेन्द्र संस्कृत विश्वविद्यालयबाट करनितीमा पिएचडी गरेका खनाल नेपाल राष्ट्र बैंकको संचालकसमेत हुन । उनि अर्थसचिवबाट हटेसंगै राष्ट्र बैंकको बोर्डबाट समेत हट्नेछन । झण्डै ११ महिना राष्ट्र बैंकको संचालक भएका खनाल राष्ट्र बैंक पुनः फर्किने त्रास अन्य प्रतिस्प्रधिहरुमा पैदा भैसकेको छ ।
किन रोज्छन खतिवडाले खनाललाई ?
अर्थमन्त्री डा. युवराज खतिवडा चर्चा कम चाहने र साइलेन्स काम गर्ने व्यक्ति हुन । खनाल पनि मन्त्रीजस्तै मन्त्रीले जसो भन्यो त्यसै गर्ने व्यक्ति हुन । मन्त्रीले रवर स्ट्याम्प भएकाले खनाललाई रोज्न सक्ने संभावना बलियो बन्दै गएको छ । मन्त्री खतिवडा सांसद पद यही फागुन २० गतेसम्म रहेको छ । मन्त्री र सांसद कन्टीन्यु हुने अवस्थामा मात्रै खतिवडाले गभर्नरमा चासो राख्नेछन । उनि अर्थमन्त्री जारी रहने अवस्थामा राष्ट्र बैंकको गभर्नर आफुले एस म्यान ल्याएर चलाउने सोचमा खतिवडा रहेका छन । खतिवडा मन्त्री र खनाल गभर्नर भएमा राष्ट्र बैंक अर्थ मन्त्रालयको एउटा साखा जस्तो बन्ने धेरैले आकलन गरेका छन । डा. चिरञ्जीवि नेपाल गभर्नरबाट हटाउन लागेका खतिवडा अन्त्यमा नेपाललाई जे भन्यो त्यै कार्यन्वयन गर्न लगाएर पुरै समय काम गर्न दिएको चर्चा छ ।
को को छन दौडमा ?
आकर्षक मानिएको राष्ट्र बैंकको ५ वर्षे स्थाई पदमा पुग्न राष्ट्र बैंक भित्र र बाहिरबाट आधादर्जन आकांक्षी देखिएका छन । खनालको साथै राष्ट्र बैंकको बोर्ड सदस्य तथा डेपुटी गभर्नरद्वय चिन्तामणी सिवाकोटी र शिवराज श्रेष्ठ लागिपरेका छन । त्यस्तै राष्ट्र बैंककै पुर्व कार्यकारी निर्देशक तथा योजना आयोगका पुर्व उपाध्यक्ष मिन बहादुर श्रेष्ठ, पुर्व कार्यकारी निर्देशक तथा हालै धितोपत्र बोर्डका अध्यक्ष रहेका भिष्मराज ढुङ्गाना तथा महाप्रसाद अधिकारी समेत लागेका छन ।


प्रतिक्रिया दिनुहोस्