आईजीपी खनालसँगै ३ एआईजी र १८ जना डीआईजीले अवकाश पाउने « Arthapath.com
२४ माघ २०७६, शुक्रबार

आईजीपी खनालसँगै ३ एआईजी र १८ जना डीआईजीले अवकाश पाउने



काठमाडौँ । नेपाल प्रहरीका आईजीपी सर्वेन्द्र खनाल माघ २८ गते अवकास पाउँदै छन । ३० वर्षे सेवा अवधीका कारण नियमित अवकाश पाउने भएका छन । आईजीपी खनालसँगै ३ एआईजी र १८ जना डीआईजीले पनि एकैपटक अवकाश पाउने भएका छन । खनाल नेपाल प्रहरीका २६ औं आईजीपी हुन् । खनालसँगै एआईजी पुष्कर कार्की, धिरु बस्न्यात र ठूले राई अवकाश पाउने छन ।

यस्तै अवकाश पाउने डीआईहरुजीमा राजेन्द्रमान श्रेष्ठ, मनोज न्यौपाने, महेन्द्र पोखरेल, नारायणसिंह खड्का, सुरेशबिक्रम शाह, महेश बिक्रम शाह, पिताम्बर अधिकारी, केदार रिजाल, शेरबहादुर बस्नेत, दिनेश अमात्य, कमल जिटी, सुरज केसी, रामप्रसाद श्रेष्ठ, पूर्णचन्द्र जोशी, विकास श्रेष्ठ, हरिभक्त जोशी, विनोद शर्मा घिमिरे, दानसिंह बोहोरा छन् ।

यता एसएसपी दिलिपसिंह बस्नेतले पनि सोही दिन अवकास पाउने छन । सबैले २०४६ माघ २९ मा प्रहरी निरीक्षकबाट प्रहरी सेवामा प्रवेश गरेका थिए । एकैदिन सेवा प्रवेश गरेकाले उनीहरू सबै एकदिन अवकाश पाउन लागेका हुन् ।


प्रतिक्रिया दिनुहोस्