२ बर्षमा दक्षिण एशियामा विद्युत निर्यात हुन्छः प्रधानमन्त्री « Arthapath.com
५ फाल्गुन २०७६, सोमबार

२ बर्षमा दक्षिण एशियामा विद्युत निर्यात हुन्छः प्रधानमन्त्री



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अवको २ बर्षमा हाल उत्पादन भईरहेको विद्युत क्षमता भन्दा डवलले उत्पादन गर्ने बताएका छन । अवको २ बर्षमा देश भित्र मात्रै नभई दक्षिण एशियामा नै विद्युत निर्यात गर्ने गरि विद्युत उत्पादन कार्य भईरहेको बताए ।

काठमाडौं उपत्यकाको विद्युत् वितरण प्रणाली भूमिगत तथा सुदृढीकरण कार्यको उद्घाटन कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन । “सहरी क्षेत्रमा कुरुप बन्दै गएको र पुर्वाधार निर्माण कार्य गर्दा विद्युतका पोलहरुले समस्या हुँदै आएकोमा अव त्यो समस्या अन्त्य भएको र विद्युत विस्तार कार्यमा नया युगको शुरुवात भएको उनले बताए ।”

“अहिलेको सरकारले विकासलाई प्राथमिकतामा राखेकोले अवको केही बर्षमा नेपाललाई विद्धानहरुको थलोका रुपमा विस्तार गर्ने, बौद्धिक ज्ञान निर्यातमा कमी ल्याउने, युवा जनशक्तीलाई देशमै रोजागरी श्रृजना गर्ने र सम्पुर्ण जनतामा विद्युत पहँच विस्तार गर्ने गरि तिव्र गतिमा सरकार अघि बढेको बताए ।”

उनले केही मिडीयाहरुले बाँसुरी बजाएको समाचार मात्रै छाप्ने गरेकोमा ब्यंग्य पनि गरे । उनले भने तुईन विस्थापीत गर्छु भन्दा दार्चुला पुगेर फोटो खिचेर ल्याउने गरेको बताए । र दार्चलाका तुईन पनि छिट्टै विस्थापीत गर्ने उनले दावी गरे । देश विकास गर्नु साझा कार्य भएकाले सबैले सहभागीता जनाउन पनि उनले आग्रह गरे ।

काठमाडौं उपत्यकाको विद्युत् वितरण प्रणाली भूमिगत तथा सुदृढीकरण कार्य सन् २०२१ अक्टोवरमा सक्ने लक्ष्यका साथ केइ ईण्डष्ट्रीज लिमिटेडसंग सम्झौता भएको छ । करिव ७ अर्व बराबरको रकम लाग्ने अनुमान गरिएको छ । पहिलो चरणमा महाराजगंज र रत्नपार्क वितरण केन्द्र क्षेत्रमा भुमीगत कार्य गरिने छ ।

दोस्रो चरणमा काठमाडौं उपत्यकाका बाँकि क्षेत्रमा विद्युत विस्तारका लागि बोलपत्र आश्वान गरिने छ । र विस्तारै देशका मुख्य शहरहरुमा यो कार्य गरिने उनले बताए । वितरण प्रणालीलाई आधुनिकरण र सुदृढीकरणको लागि एिशियाली बिकास बैंकबाट क्रृण्न उपलब्ध हुने नेपाल विद्युत प्राधीकरणले जनाएको छ ।

कार्यक्रममा उर्जा जलस्रोत तथा सिंचाइ मन्त्री बर्षमान पुन, सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटा, भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्त कुमार नेम्वाङ, खानेपानी तथा सरसफाई मन्त्री बीना मगर लगायतकाृ उपस्थिती रहेको छ ।


प्रतिक्रिया दिनुहोस्