अर्थमन्त्रीले सिंहदरवारमा बोलाएर बैंकरलाई भने ट्याक्समा थ्रेसहोल्ड, सिएसआरमा टाइट « Arthapath.com
५ फाल्गुन २०७६, सोमबार

अर्थमन्त्रीले सिंहदरवारमा बोलाएर बैंकरलाई भने ट्याक्समा थ्रेसहोल्ड, सिएसआरमा टाइट



काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले अचानक २७ ओटै बाणिज्य बैंकका सिईआहरुलाई सोमबार बिहान साँढे ११ बजे मन्त्रालय आउन उर्दि जारी गरे । सोही उर्दिलाई फलो गर्दै समय अगावै २७ ओटै बैंकका सिईओ, राष्ट्र बैंकका डेपुटी गभर्नरद्वय लगायत राष्ट्र बैंकका उच्च अधिकारी अर्थ मन्त्रालयका सचिवलगायतको उपस्थिती थियो ।

पहिलोपटक राष्ट्र बैंकको मौद्रिक नितीको अर्धबार्षिक समिक्षा अगावै अर्थमन्त्रीले बैंकिङ क्षेत्रमा देखिएका समस्याका बारेमा छलफल गरेका छन । बैंकिङ क्षेत्रसंग संबन्धीत समसामयीक छलफल भनिएको छलफलमा बैंकरहरुले हाल बैंकिङ क्षेत्रमा देखिएका समस्याहरु राखेका थिए । हाल बैंकिङ क्षेत्रमा करका कारण कर्जाको माग हुन छाडेको, स्प्रेड गणना विधि, सामाजिक सुरक्षा कोषमा बैंकहरु जानलाई देखिएका बाधा, बैंकहरुले खर्च गर्दै आएको सामाजिक शुरक्षा, प्राइभेट सेक्टर ल्येण्डिङ, सम्पती सुद्धिकरणलगायतका विषयमा छलफल भएको प्रभु बैंकका सिईओ अशोक शेरचनले अर्थपथलाई बताए ।

अहिले बैंकिङ क्षेत्रमा कर्जाको डिमाण्ड घटेकाले सहकारीमा चाप बढेको विषयलेपनि प्रवेश पाएको एक बैंकरले बताए । विहान ११ः३५ बजेबाट सुरु भएको छलफलमा सबै बैंकका सिईओहरु सहभागी भएका थिए । बैंकरहरुले आफ्ना समस्याहरु राखिसकेपछि अर्थमन्त्रीले निर्देशनात्मक छोटो मन्तव्य दिनुभएको सनराइज बैंकका सिईओ जनक शर्मा पौडेलले बताए ।

सामाजीक शुरक्षा कोषका सिईओ कपिलमणी ज्ञावालीले सबै बैंकहरुलाई सामाजिक सुरक्षामा समाहित हुन आग्रह गरे । ज्ञावालीले ५ लाखसम्म कर छुट हुने व्यावस्था मन्त्रिपरिषदबाट पारित भैसकेको र कोषमा आवद्ध भएपछि कर्जा लिन पाइने व्यावस्था थपिने बताए ।

ट्याक्समा थ्रेसहोल्ड लागुहुने

कर चुक्ताको कागज विना कर्जा नपाइने भएपछि बैंकहरुमा कर्जाको डिमाण्ड घटिरहेको छ । बैंकहरुले सोमबार यो विषय जोडदार उठाएपछि मन्त्री खतिवडाले स–साना कर्जामा थ्रेसहोल्ड लागु गरेर जान राष्ट्र बैंकलाई मन्त्रीले निर्देशन दिए । बजारमा कर्जाको माग ह्वात्तै घटेपछि राष्ट्रको जिडिपिमासमेत असर गर्ने बैंकरहरुले बताएका थिए । यस विषयमा मन्त्री खतिवडाले मौद्रिक नितीको अर्धवार्षिक समिक्षामा थ्रेसहोल्डमार्फत संवोधन गर्न आग्रह गरे ।

सिएसआरमा टाइट

छलफलमा अर्थमन्त्रीले बैंकहरुले गर्दै आएको १ प्रतिसत सामाजिक शुरक्षाको काम प्रभावकारी हुन नसकेको प्रति दुःखेसो पोखे । भेलामा लुम्बिनी बैंकका सिईओ शोभनदेव पन्त र एनबी बैंकका सिईओ ज्ञानेन्द्र ढुङ्गानाले सिएसआरको पैसामा दुरुपयोग भएको भन्दै ध्यानाकर्षण गराएका थिए । मन्त्री खतिवडाले सिएसआरको रकम मन्त्रालयमा राष्ट्र बैंकको अनुगमनमा एउटा छुट्टै फण्ड बनाएर वास्तविक पिडितको क्षेत्रमा पुग्नेगरी काम गर्न निर्देशन दिए । सिएसआरको पैसा जथाभावी हुन नदिन राष्ट्र बैंक चनाखो हुनुपर्ने आवाज उठेको थियो ।


प्रतिक्रिया दिनुहोस्