रसुवागढी नाकामा सामाजिक विकास मन्त्री दुलालको निरिक्षण « Arthapath.com
६ फाल्गुन २०७६, मंगलवार

रसुवागढी नाकामा सामाजिक विकास मन्त्री दुलालको निरिक्षण



सरस्वती न्यौपाने

रसुवा । बागमति प्रदेशका सामाजिक विकास मन्त्री युवराज दुलालले रसुवागढी स्थित हेल्थ डेस्कको निरिक्षण गरेका छन । निरिक्षण गर्दै मन्त्री दुलालले हेल्थ डेस्कलाई व्यवस्थि गर्न आवश्यक घर मन्त्रालयबाट अस्थायि भवन निर्माणका लागी बजेट उपलब्ध गराउने बताए ।

नागरिकका लागि स्वास्थ्य सुरक्षामा गम्भिर रहेकोले तत्काल आवश्यकता रहेको संरचना निर्माण गरि स्वास्थ्यकर्मी राख्ने र आवश्यक सामाग्री राखी स्वास्थ्य परिक्षण गर्न सकिने अवस्थाको अस्थाई भवन निर्माण हुने उनले दावी गरे ।

रसुवगढी नाकामा मन्त्री दुलालसँगै प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारी, सुरक्षा निकायका प्रमुख सहित राजनैतिक दलका नेता लगायतका सरोकारवालाहरु पुगेका थिए ।

अस्थायि भवनमा २ वटा कोठा र एउटा हल सहितको भवन निर्माण हुने र अहिले कोरोना भाइरसको चेक जाँच जोखिमयुक्त टहरामा केरुङबाट आएका तथा केरुङ जाने विदेशीको स्वास्थ्य जाँच भइरहेको छ । अहिले सवारी साधन को आवतजावत बन्द भएपछि नाका सुनसान नै छ ।अस्थायि भवन १५ दिनमा निर्माण सम्पन्न गरिनेछ ।


प्रतिक्रिया दिनुहोस्