जाँदाजाँदै कडकिए गभर्नर नेपाल ‘कुनै बाणिज्य बैंकले १ पैसा दिएनन्’ « Arthapath.com
७ फाल्गुन २०७६, बुधबार

जाँदाजाँदै कडकिए गभर्नर नेपाल ‘कुनै बाणिज्य बैंकले १ पैसा दिएनन्’



काठमाडौं । आफ्नो कार्यकालको अन्त्यमा रहेका गभर्नर डा. चिरञ्जीवी नेपाल बुधबार अलि फरक तवरले प्रश्तुत भए । भुकम्प जानु १ महिना अघि आफु गभर्नर नियुक्त भएका गभर्नर नेपालले त्यत्रो विपत्तिमा पनि कुनै बाणिज्य बैंकले १ पैसा सहयोग नगरेको बताए ।

बुधबार बैंक अफ काठमाडूको २५ औं वार्षिकोत्सव समारोहमा बोल्दै गभर्नर नेपालले भने ‘सहयोगको लागी बैंकका अध्यक्ष र सिईओलाई पाँच तारे होटलमा बोलाएर अपिल गरेपनि बैंकका अध्यक्ष र सिईओहरु चाउचाउ र चामल बाड्न आफै गएर फेसबुक रंग्याएको देखियो तर कुनै बैंक त १ पैसा सहयोग नगरी बसे ।’

गभर्नर नेपालले बंगलादेशमा सानो विपत्तीमा बैंक वित्तिय क्षेत्रबाट डेढ अर्व सहयोग उठेको भन्दै त्याहाँका गभर्नरले लेखेको पत्र पढेर सुनाएँ तर याहाँका बैंकका सिईओ संचालकको घैटामा घाम लागेन । ‘नेपालमा त्यत्रो विपित्तमा करिव ३ सय बैंक वित्तीय क्षेत्रबाट १२ करोड मात्र उठ्यो यही हो त बैंकको सिएसआर ?’

गभर्नर नेपालले भने त्यसपछि राष्ट्र बैंकले बाध्यभएर सिएसआरमा नाफाको १ प्रतिसत अनिवार्य खर्च गर्नुपर्ने प्रावधान मौद्रिक नितीमार्फत त्याइएको प्रष्ट पारे । गभर्नर नेपालले आफुले ५ वर्षमा बैंकिङ क्षेत्रमा धेरै सुधार गरेकोसमेत बताए । अहिले सिएसआरको रकमले राम्रो गरिरहेको बताए । वास्तविक दुःखी पिडितमा सानो रकमले पनि ठुलो उपलव्धि ल्याउने उनले बताए ।

मर्जरमा सफल भएँ

गभर्नर नेपालले आफुले ५ वर्ष राष्ट्र बैंकमा छंदा बैंक वित्तिय क्षेत्रमा धेरै काम गरेको बताए । म आउँदा १६ ओटा वित्तिय संस्था संकटमा पुगेर खारेजिको प्रक्रियामा थिए ति मध्ये अहिले १४ वटाले एकदमै राम्रो गरिरहेको पनि बताए । मर्जरमा राष्ट्र बैंकले फड्को मारेको भन्दै गभर्नर नेपालले १ सय ८४ बैंक वित्तिय संस्था घटेर ४५ मा आउनु मर्जर सफल भएको मानिन्छ । नेपाल राष्ट्र बैंककले लिने पोलिसि भविष्यलाई हेरेर ल्याएको पनि बताए ।

अर्थतन्त्र सवल

गभर्नर नेपालले अहिले मुलुकको अर्थतन्त्र एकदम सवल रहेको बताए । आन्तरीक उत्पादन बाहेक अरु वित्तिय सुचक राम्रो छ । विदेशमात्र नहेर्न युवालाई आग्रह गर्दै गभर्नर नेपालले भने नेपालमै प्रसस्त संभावना छ । उनले छिट्टै मौद्रिक नितीको अर्धवार्षिक समिक्षा हुने बताउँदै बजारमा देखिएका समस्या समाधान गर्न आफु तयार रहेको बताए ।

बैंक अफ काठमाडुको प्रसंसा

उनले भने ‘मर्जरले खत्तम भयो भनिन्थ्यो बैंक अफ काठमाडौं र लुम्बिनी पनि मर्ज भएको हो नाफा बढाइरहेको छ ।’ बैंकको व्यवस्थापनपट्टि देखाउँदै गभर्नर नेपालले भने कृषिमा १० प्रतिसतभन्दा माथी लगानी गर्नुभएको रहेछ धन्यावाद । उनले सिएसआरको रकम सहि सदुपयोग हुने ठाउँमा दिएकोमा बैंकप्रति प्रसंसा गरे । अव भगवान कोइरालाको अगुवाइमा बन्ने बाल अस्पतालाई अन्य बैंक वित्तिय संस्थाले पनि सहयोग गर्ने बताए ।

कार्यक्रममा बैंकका सिईओ शोभनदेव पन्तले बैंकले पुण्य गरेकाले बैंकलाई पनि पुण्य मिल्ने बताए ।


प्रतिक्रिया दिनुहोस्