नेपालमा जस्तो लघुवित्तको सस्तो व्याज कहीँ छैन : प्रधानमन्त्री « Arthapath.com
८ फाल्गुन २०७६, बिहीबार

नेपालमा जस्तो लघुवित्तको सस्तो व्याज कहीँ छैन : प्रधानमन्त्री



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा सबैभन्दा सस्तो लघुवित्तको व्याज रहेको बताएका छन । अन्य देशहरुमा ५४ प्रतिसतसम्म व्याज लिनेगरेको उदाहरणदिँदै प्रधानमन्त्रीले विश्वमै सस्तो लघुवित्तको व्याज नेपालमामात्रै हो भन्नुभयो ।

विहिबार नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणी शिवाकोटीको ‘मुलुक आर्थिक समृद्धिको यात्रामा’ नामक पुस्तक बिमोचन गर्दै प्रधानमन्त्री ओलीले विना धितो ऋण दिँदा यती सस्तो नेपालमा मात्रै भएको बताए । उनले लघुवित्तले गाउँगाउँमा उत्पादन बढाउन सहयोग पुर्याएको समेत बताए ।

प्रधानमन्त्री ओलेले देश समृद्धितर्फ अघि बढेको बताउँदै सबै काम एकै वातमा भैनसक्ने बताए । आफु देशको लागी लागिरहेको बताउँदै ओलीले भने ‘कविता त एक छिनमा लेखिन्छ तर विकास एकैछिनमा हुन सक्दैन ।’

प्रधानमन्त्रीले भने देशको अर्थतन्त्र स्वच्छ बनाएर उच्च आर्थिक बृद्धि हासिलगर्नुपने अहिलेको आवश्यकता रहेको बताए । उहाँले देशको विकास गर्न भिजन अठोट र मेहनत चाहिने भन्दै आफु सधैँका लागी कुर्सीमा बसिनरहने बताए । सबै स्टम बनाएर म छोड्छु प्रम ओलीले भने । उनले बैंकको सिईओ पट्टी देखाउँदै ‘तपाँईहरुको त १० लाख माथी तलव छ मेरो १ लाखमात्रै छ ।’


प्रतिक्रिया दिनुहोस्