प्रधानमन्त्री ओलीले आफ्नो जन्मोत्सव जन्मथलो तेह्रथुममा मनाउने « Arthapath.com
१० फाल्गुन २०७६, शनिबार

प्रधानमन्त्री ओलीले आफ्नो जन्मोत्सव जन्मथलो तेह्रथुममा मनाउने



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो जन्मोत्सव जन्मथलो तेह्रथुममा मनाउने भएका छन । फागुन ११ गते परेको प्रधानमन्त्री ओलीको ६९ औं जन्मदिन उनले आफ्नै जन्मघर रहेको आठराई ईवामा मनाउने भएका छन । विगतका बर्षमा उनले आफ्नै बालुवाटार निवास मै जन्मदिन मनाउने गरेका ओलीले यो बर्ष आफ्नो पुख्र्याैली घरमा मनाउने कार्यक्रम रहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले जानकारी दिए ।

प्रधानमन्त्रीले जन्मदिनमा आफ्नो जन्म थलोका विभिन्न आयोजनाको शिलान्यास पनि गर्ने भएका छन ।

खड्गप्रसाद शर्मा ओलीको जन्म विसं २००८ साल फागुन ११ गते अर्थात सन् १९५२ साल फेब्रुरी २३ तारिखमा भएको थियो । उनको जन्म पूवी नेपालको तेह्रथुम जिल्लाको इवा २ मा शनिबारका दिन जन्म भएको थियो ।
जन्मदिनको कार्यक्रममा पिता मोहन प्रसाद ओली र श्रीमती राधिका शाक्य पनि संगै जानको कार्यक्रम रहेको थापाले बताए ।

उनी नेपाली राजनीतिमा लामो समयदेखी अग्रसर हुँदै आएका छन् । राजनीतिक दौरानमा उनले करिव १४ बर्ष जेल पनि बस्नु परेको थियो । उनी नेपालका वर्तमान ४१ औं प्रधानमन्त्री समेत हुन् ।


प्रतिक्रिया दिनुहोस्