रवीन्द्र अधिकारी चढेको हेलिकप्टर दुर्घटना पाईलटको लापर्वाही « Arthapath.com
१३ फाल्गुन २०७६, मंगलवार

रवीन्द्र अधिकारी चढेको हेलिकप्टर दुर्घटना पाईलटको लापर्वाही



काठमाडौं । एक वर्षअघि तत्कालिन पर्यटन मन्त्री रविन्द्र अधिकारीसहित ७ जनाको ज्यान जानेगरी ताप्लेजुङ पाथिभरामा भएको हेलिकप्टर दुर्घटना पाइलटका कारण भएको छानविन आयोगले जनाएको छ ।

‘प्रतिकूल मौसममा पनि पाथिभराको हेलिप्याडबाट उडान गर्नासाथ पाइलट अति उत्साहित भएको देखिन्छ । त्यसपछि उनले तुरुन्तै जोडसँग आएको हावाको झोक्का र हिमपातले उनलाई मौसमको प्राविधिक जानकारीका आधारमा मात्र उडान गर्नुपर्ने अवस्थामा पुर्याउँछ । त्यहाँको अवस्थागत जानकारी र हेलिकप्टरको नियन्त्रण उनले गुमाउँछन् र अन्ततः जमिनमा बजारिन्छ,’ दूर्घटनाको संभावित प्रमुख कारणबारे प्रतिवेदनमा उल्लेख गरिएको छ ।

यज्ञप्रसाद गौतमको अध्यक्षतामा गठन गरिएको आयोगले सो प्रतिवेदन संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयलाई बुझाएको हो । समितिमा व्रिगेडियर जनरल दीपकप्रसाद बास्तोला र अवकाशप्राप्त पाइलट कर्णेल प्रमोदकुमार लामा सदस्य थिए भने बुद्धिसागर लामिछाने सदस्य सचिव थिए ।

दुर्घटना हुनुका ६ कारण

प्रतिकूल मौसम, अघिल्लो सिटमा क्षमताभन्दा बढि लोड (भार) र विग्रँदो मौसमका कारण त्यहाँ रहेका व्यक्तिहरु छिटोभन्दा छिटो त्यहाँबाट निस्कने चिन्ता रहेको जनाएको छ । त्यसैगरि, विन्डसिल्डको बाहिरीभागमा हिउँ जमेका कारण बाहिरी दृष्य (भिजिबिलिटी) कम हुनु, संस्थाको पर्याप्त संचालन निगरानीको कमी र उडानपूर्वको तयारीमा कमी तथा व्यक्तिहरुको लोड आँकलनको कमीलाई पनि दूर्घटना निम्त्याउने कारणको रुपमा बताइएको छ ।


प्रतिक्रिया दिनुहोस्