एफएनसिसिआई बरिष्ठ उपाध्यक्षमा ढकालको उमेदवारी घोषणा हुँदै « Arthapath.com
१४ फाल्गुन २०७६, बुधबार

एफएनसिसिआई बरिष्ठ उपाध्यक्षमा ढकालको उमेदवारी घोषणा हुँदै



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचन नजिकिदै जाँदा चुनावी माहौल बढ्दै आएको छ । महासंघको जिल्ला नगर समूहका उपाध्यक्ष किशोर प्रधानले विराटनगरबाट वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी घोषणा गरेको १ महिना नवित्दै एशोसियट उपाध्यक्ष चन्द्र ढकालले आज राजधानीको पाँचतारे होटलबाट बरिष्ठ उपाध्यक्षको उमेदवारी घोषणा गर्न लागेका छन ।

उद्योग बाणिज्य महासंघको आगामी चैत २८ र २९ गते निर्वाचन हुँदैछ । निर्वाचन मिति नजिकिँदै जाँदा उमेदवारहरु विच चुनावी माहौल तातेको छ । बरिष्ठ उपाध्यक्षमा ढकालले आज पुर्व अध्यक्षहरुलाई राखेर उमेदवारी घोषणा गर्न लागेका हुन । ढकालले अर्थपथसँग भने ‘मैले सबै पुर्व अध्यक्ष र १ महिनपछि बन्न लागेका अध्यक्ष शेखर गोल्छालाई पनि बोलाएको छु, सबै आउनुहुन्छ ।’

चन्द्र ढकालले डेढ महिनाअघि नै बाग्लुङबाट उमेद्धारी घोषणा गरेका थिए । आज आधिकारीक उमेदवारी घोषणा हुन लागेको छ । एक महिना अघि किशोर प्रधान समूहले विराटनगरबाट भव्य उमेदवारी घोषणा गरेको थियो । उनको घोषणा सभामा आगामी स्वत अध्यक्ष बन्न लागेको शेखर गोल्छासहित उपस्थिती रहेको थियो । प्रधान समुहले पनि पुरै टिमसहितको उम्मेदवारी घोषणा भने काठमाडौंमा गर्ने जनाएको छ ।

नेपाल उद्योग वाणिज्य महासंघमा आगामी चैत २८ र २९ गते निर्वाचन हुँदैछ । यो पटकको साधारणसभाबाट अहिलेका बरिष्ठ उपाध्यक्ष शेखर गोल्छा अध्यक्ष बन्नेछन् । बरिष्ठ उपाध्यक्षमा अहिलेका एशोसियट उपाध्यक्ष चन्द्र ढकाल र जिल्ला नगरका उपाध्यक्ष किशोर प्रधानले निर्वाचन लड्ने घोषणा गरेका छन् ।


प्रतिक्रिया दिनुहोस्