भलिबल खेलका लागि १० करोड बजेट विनियोजन « Arthapath.com
१५ फाल्गुन २०७६, बिहीबार

भलिबल खेलका लागि १० करोड बजेट विनियोजन



काठमाडौं । राष्ट्रिय खेल भलिबलको लागि खासै त्यति ठूलो खेल मैदान आवश्यक पर्दैन तर उचित ठाउँको अभावमा खेलाडीहरुले प्रतिभा देखाउन पाएका छैनन् । जुनसुकै ठाउँमा पनि सहजै खेल्न सकिने भलिवल खेल सरकारले केहि बर्ष अघि मात्रै राष्ट्रिय खेलका रुपमा घोषणा गरेको थियो ।

तर सरकारले भलिबललाई राष्ट्रिय खेलका रुपमा विस्तार गरेपनि आवश्यक खेलमैदानको अभावमा अभ्यास गर्ने ठाउँ पाएका थिएनन् । तर नेपालको राष्ट्रिय खेल भलिबलका लागि सरकारले १० करोड बजेट विनियोजन गरेको छ । राष्ट्रिय खेलकुद परिषदले भलिबल खेलका लागि १० करोड बजेट विनियोज गरेको राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेश सिलवालले जानकारी दिएका छन ।

भलिबल खेलाडी चन्द्र कुँवर र विनिता बुढाथोकीलाई सम्मान गर्ने कार्यक्रममा उनले अवको केहि वर्षमा भलिबलको वार्षिक बजेट २० देखि २५ करोड पुर्याउने योजनाका साथ आफुले कार्य गरिरहेको दावी गरे ।

भलिबल खेलका लागि आवश्यक पर्ने सामाग्रीहरु, कभर्डहल निर्माणका लागि यो बजेटले सहयोग पुग्ने अपेक्षा गरिएको छ ।


प्रतिक्रिया दिनुहोस्