सरकार परिवर्तन गर्नु भनेको पुरानै मानशिकता होःउपप्रधानमन्त्री पोखरेल « Arthapath.com
१८ फाल्गुन २०७६, आईतवार

सरकार परिवर्तन गर्नु भनेको पुरानै मानशिकता होःउपप्रधानमन्त्री पोखरेल



तेस्रो बर्षदेखी जनतालाई परिणाम दिन्छौ

काठमाडौं । उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेलले सार्वजनिक पद धारण गरेका जुनसुकै ब्यक्तिको पनि पब्लिक अडिट गर्नुपर्ने बताए । नेपालका पत्रकारहरुको अन्तराष्ट्रिय सञ्जाल(इञ्जा)ले पत्रकारिता पुरस्कार एवम् सम्मान कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन ।

“सार्वजनिक रुपमा पद धारण गरेका जुनसुकै ब्यक्तिहरुले पब्लिक अडिट गर्नुपर्छ । पब्लिक अडिटमा सबैले खरो रुपमा उत्रिनुपर्छ, आफूलाई मन परेको बेला ठिकै छ भन्ने मन नपरेको बेला बहिस्कार गर्ने । हामी राजनितीक ब्यक्तिहरुको मात्रै नभएर सबैले अडिटमा खरो रुपमा उत्रिनुपर्ने पर्छ, उनले भने ।”

अहिलेको क्रान्ति भनेको प्रजातन्त्रको लागि नभएर प्रजातन्त्रसंगै गर्नुपर्ने उनले सुझाव दिए । लामो समयदेखीको राजनीतिक अस्थिरता हटेकाले अव प्रजातन्त्रसंगसंगै जानुपर्ने उनको जोड छ । सरकार परिवर्तन हुने हल्ला चलिरहेका बेला केहि ब्यक्तिहरुमा पुरानै मानशिकता कायमै रहेकाले उनीहरुलाई संज्ञा दिए । पहिले एक बर्ष नपुग्दै सरकार परिवर्तन हुने थिए । अव त्यो अवस्था छैन ।

उनले भने “चुनावको वेलामा घोषणा गरेका प्रतिबद्धता तेस्रो बर्षमा परिणाममा देखाउँछौ । अहिलेको सरकार नयाँ प्रणालीमा शुरु भएकाले विधी निर्माणमा समय लाग्यो, अवको तीन बर्षमा जनतालाई परिणाम दिन्छौँ ।”

अहिले सरकार नयाँ प्रणलीमा गएकाले केहि समय निती नियम निर्माणमा रहेकाले अवको समयमा जनतालाई परिणाम दिने उनले दावी गरे ।

अहिलेको सरकारलाई अधिनायक भन्नेहरुलाई उनले प्रजातन्त्रमा आवधिक निर्वाचन हुने हुँदा जनताले त्यसको मुल्याङ्कन गर्ने बताए ।

कार्यक्रम इञ्जा एसियाका अध्यक्ष तथा नेटवर्कका केन्द्रीय उपाध्यक्ष टंक पन्तको सभापतित्वमा सम्पन्न भएको हो । कार्यक्रममा इञ्जा केन्द्रीय अध्यक्ष गुणराज लुईटेल, नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष गोविन्द आचार्य, नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष डा.महेन्द्र विष्ट, पत्रकार महासंघका पूर्व अध्यक्ष तारानाथ दहाल लगायतको उपस्थिती रहेको थियो ।

सञ्जालले सामुदायिक स्तरमा पत्रकारीता क्षेत्रमा योगदान पुर्याएकोमा अछाम जिल्लाकी पत्रकार मेनुका ढुङ्गाना, बाजुरा जिल्लाका पत्रकार प्रकास सिंहलाई सम्मान गरेको छ । त्यस्तै साहसिक पत्रकारिता पुरस्कारबाट अजयबाबु शिवाकोटी पनि सम्मानित भए । त्यस्तै रक्त क्यान्सरको उपचार गराईरहेका पत्रकार कमल पौडेलको उपचारको लागि इञ्जाले संकलन गरेको आर्थिक सहयोग हस्तान्तरण गरिएको हो ।


प्रतिक्रिया दिनुहोस्