सरकारी जग्गा फिर्ता गर्न नायक बनिन् मन्त्री अर्याल « Arthapath.com
१९ फाल्गुन २०७६, सोमबार

सरकारी जग्गा फिर्ता गर्न नायक बनिन् मन्त्री अर्याल



काठमाडौं । लामो समयदेखी सरकारी जग्गालाई कब्जामा लिएर भोग चलन गर्दै आएको जग्गालाई सरकारकै नाममा बनाउन प्रयत्नरत छ । केहि दिन अघि मात्रै करिव २६४ विघा जमीन सरकारले आफ्नो नाममा फिर्ता गर्न सफल भएको थियो । त्यस्तै अनेक बाहनामा सरकारको जग्गालाई ब्यक्तिगत प्रयोजनमा प्रयोग हुँदै आएको जग्गालाई सरकारले फिर्ता गरिरहेको छ । विगतका सरकारका पालामा कुनै पहल नभएपनि बर्तमानको सरकारले यसलाई फिर्ता गरिरहेको छ ।

सुकुम्बासी र भूमिहीनहरुलाई कुनै पनि प्रभाव नपर्नेगरि भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्माकुमारी अर्याल लागि रहेकी छन । उनले कोहि पनि सुकुम्बासी र भूमिहीनहरु विस्थापित नहुने तर उनीहरुलाई अझै ब्यवस्थित गर्ने मन्त्री अर्यालले बताईन । महोत्तरीको गौशाला नगरपालिकास्थित निगोन गाई गौशालाका नाममा रहेको सरकारी जग्गा फिर्ता गर्दै मन्त्री अर्यालले बसैलाई पनि विस्थापित नगर्ने बताएकी हुन ।

“अहिलेको सरकारले कसैलाईपनि विस्थापित गर्दैन । कसैलाई पनि अन्याय गर्दैन बरु सरकारले आफै ब्यवस्थापन गर्छ, उनले भनिन् । अहिलेको सरकारले अतिक्रमित सरकारी, सार्वजनिक र गुठीको जग्गा फिर्ताको अभियानलाई तीव्रता दिएको छ ।” मन्त्री अर्यालले महोत्तरी जिल्लास्थित गौशाला नगरपालिका–५ स्थित निगौन गाई गौशालाका नाममा रहेको अतिक्रमित जग्गा फिर्ता गर्न सफल भएकी हुन् ।,

गौशालाका नाममा रहेको १४८ बिघा सरकारी जग्गामध्ये करीब १५ कट्ठा जग्गामा बनाइएको ३० घरटहरा भत्काइएको हो । उक्त कार्यक्रममा मन्त्री स्वयं उपस्थित भएर सरकारको जग्गा संरक्षण गर्ने अभियानअन्तर्गत घरटहरा भत्काउने कार्यक्रमलाई सम्बोधन गर्नुभएको थियो ।


प्रतिक्रिया दिनुहोस्