मन्त्री खतिवडा पनि जंगिए व्यापारी चौधरीप्रति « Arthapath.com
२० फाल्गुन २०७६, मंगलवार

मन्त्री खतिवडा पनि जंगिए व्यापारी चौधरीप्रति



काठमाडौं । अर्थ र सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. युवराज खतिवडा पनि निवर्तमान सञ्चार सूचना तथा प्रविधिमन्त्रीकै लाइनमा लागेका छन । मन्त्री खतिवडाले पनि मंगलबार बास्कोटाकै लाइनमा चौधरीलाई गालीगर्न भ्याए । उनले लाइसेन्स लिएर होल्ड गर्ने, राम्रो काम गर्दा पनि अदालतमा जाने प्रचलन बढेको भन्दै आगामी दिनमा यस्ता कामको अन्त्य गर्ने बताएका छन ।
मंगलबार दुरसञ्चार प्राधिकरणको २२ औं वार्षिकोत्सवको अवसरमा मन्त्री डा. खतिवडाले व्यापारी विनोध चौधरीको सिजि टेलिकमप्रति कडा बनेका हुन । सिजि टेलिकमले समयमा आफ्नो काम नगरेको र अहिले अदालत गएकोमा मन्त्री खतिवडाले रोष प्रकट गरे ।

अन्तराष्ट्रिय बजारमा डिजिटल प्रविधिमा प्रतिस्पर्धा बढिरहेको भन्दै मन्त्री खतिवडाले नेपालले पनि त्यसको फ्लो गर्नुपर्ने उनले बताए । उनले भ्वाईसमा सञ्चार प्रक्रिया स्पष्ट भएपनि अव डाटामा गुणस्तर बढाउन आग्रह गरे ।

खतिवडाले ग्राहकहरु सेवामा सन्तुष्टि भए मात्रै प्राधिकरणको मुल्याङ्न हुने बताए । उनले सेवा प्रदायक कम्पनीलाई गुणस्तरीय सेवा दिन सूझाव दिए । पहिला हेलो गर्दा पनि पैसा लाग्ने भएपनि अहिले उपभोक्ता सार्वभौम भएकाले उनीहरुलाई सन्तुष्ट नबनाएको खण्डमा अघि बढ्न नसक्ने उनले बताए ।

तोक लगाएको भरमा फ्रिक्वेन्सी वितरणको कार्यमा रोक लगाएको भन्दै आगामी दिनमा कुनैपनि झण्झट नहुने उनले बताए । दूरसञ्चार प्राधिकरणको बार्षिकोत्सव कार्यक्रममा उनले कल टेस्ट र स्पिड टेस्ट एप पनि लञ्च गरे । नेपाल दुरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालको सभापतित्वमा भएको कार्यक्रममा प्राधिकरणका निर्देशक अम्बर स्थापितलाई उत्कृष्ट कर्मचारीको रुपमा सम्मान गरिएको छ ।


प्रतिक्रिया दिनुहोस्