खतिवडाको आज ४ बजे सपथ ग्रहण हुने « Arthapath.com
२१ फाल्गुन २०७६, बुधबार

खतिवडाको आज ४ बजे सपथ ग्रहण हुने



काठमाडौं । अर्थमन्त्री खतिवडाको आज ४ बजे सपथ ग्रहण हुने भएको छ । राष्ट्रपतिले बुधबार ४ बजे सपथ गराउने छिन ।मंगलबार राती १२ बजेबाट राष्ट्रियसभा सदस्य पद सकिएका अर्थमन्त्री डा. युवराज खतिवडाको पुर्ननियुक्ती बुधबार ४ बजे सपथ ग्रहण कार्यक्रम रहेको छ । खतिवडाले मंगलबारै राष्ट्रपतिसमक्ष राजिनामा दिएका थिए ।

उनको पुर्ननियुक्तीले अर्थ र संचार मन्त्रालय सम्हाल्ने भएका छन । खतिवडा राष्ट्रिय सभा सदस्यमा पुर्ननियुक्ती भने भएका छैनन् ।

उनको कोटामा नेकपा उपाध्यक्ष बामदेव गौतमलाई लैजाने पार्टी सचिवालयले गरेको निर्णय प्रधानमन्त्री केपी शर्मा ओलीले कार्यन्वयन गरेका छैनन् । ताकि ओलीले खतिवडालाईनै निरन्तरता दिएका पनि छैनन् । अव खतिवडाको बाँकी ६ महिना राष्ट्रिय सभा सदस्य नभएपनि मन्त्री बन्न पाउनेछन ।


प्रतिक्रिया दिनुहोस्