प्रधानमन्त्री ओलीको मिर्गाैला प्रत्यारोपण सफल, अस्पतालले निकाल्यो विज्ञप्ती « Arthapath.com
२१ फाल्गुन २०७६, बुधबार

प्रधानमन्त्री ओलीको मिर्गाैला प्रत्यारोपण सफल, अस्पतालले निकाल्यो विज्ञप्ती



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको शरीरमा मिर्गाैलाको सफल प्रत्यारोपण भएको छ । बुधबार बिहान साढे १० बजेदेखि सुरु भएको मिर्गाैला प्रत्यारोपण सफल भएको शल्यक्रियामा संलग्न चिकित्सकहरुले बताएका छन् । भाञ्जी समीक्षा संग्रौलाको शरीरबाट निकालिएको मिर्गाैला ओलीको शरीरमा प्रत्यारोपणपछि काम गर्न थालेको चिकित्सकले बताएका छन ।

नयाँ मिर्गाैलाले काम गर्न थालिसकेकाले अहिले प्रधानमन्त्रीको काटिएको शरीरको घाउमा टाँका लगाउने काम भइरहेको छ । प्रत्यारोपणपछिको करिब २ घण्टामा प्रधानमन्त्रीको होस फर्किने ती चिकित्सकले बताए ।


प्रतिक्रिया दिनुहोस्