सबै व्यवसायीले एउटै स्वरमा भने नेपालमा एक बर्षसम्म कुनै संकट पर्दैन « Arthapath.com
२७ फाल्गुन २०७६, मंगलवार

सबै व्यवसायीले एउटै स्वरमा भने नेपालमा एक बर्षसम्म कुनै संकट पर्दैन



काठमाडौं । कोरोना भाईरस (कोभिड १९) विश्वका करिव १३० भन्दा बढि देशहरुमा देखा परेको छ । चिनबाट फैलिएको यो भाइरसले विभिन्न देशहरुमा हजारौले ज्यान गुमाएका छन भने लाखौजनामा यो रोग देखा परेको छ । यो रोग नेपालमा नदेखिएपनि यसको त्रास बढिरहेको छ । यसको त्रासले गर्दा सर्वसाधारणमा नकारात्मक असर परेको छ । कोरोनाका कारण बजारमा कृतिम अभाव देखाइएको छ । सामान्य ६ रुपैयाँ पर्ने माक्सलाई पनि ३० रुपैयाँसम्म व्यापारीले बेच्ने गरेका छन ।

आयात र उत्पादनमा कुनै पनि समस्या नरहेतापनि चर्काे मूल्यमा बेच्ने गरेका छन । सञ्चारमाध्यमा बजारमा विभिन्न बस्तुहरुको अभाव भएको समाचारप्रति व्यवसायीहरुले स्पष्ट पारेका छन । बजामा दैनिक अत्यावश्यक पर्ने खाद्यबस्तु लगायत औषधीको अभाव देखाएर धन्दा गर्नेहरुलाई पटके व्यापारीको संज्ञा दिईएको छ । छिमेकी मुलुक भारत, चिन र तेस्रो मुलुकबाट आयात हुने सामाग्रीमा कमी नआएको व्यवासयीहरुले बताए । भुकम्पको समयमा गरिएको नाकावन्दीले पनि नेपाली बजारमा कुनै असर नगरेकाले अहिलेलाई भयभित नहुन व्यावसायीहरुले आग्रह गरे । खाद्य बस्तुदेखी लिएर, ग्याँस, औषधी लगायतका बस्तुहरु करिव एक बर्षसम्मको लागि स्टक रहेको उनीहरुले दावी गरेका छन ।

यतिवेला विश्व नै संकटग्रस्थ अवस्थामा रहेकाले अनावश्यक रुपमा भण्डारण नगर्न आग्रह गरेको छ । खुद्रा व्यापार संघका निवर्तमान अध्यक्षले कुनै पनि हालतमा खुद्राबस्तुहरुको समस्या नरहेको बताए । उनले भने प्राकृतिक रुपमा स्वभावैले बजार अस्तव्यस्तले हुने र त्यस्तो अवस्था भएतापनि खाद्यको संकट परेको छैन । आतकिंत पार्ने समाचारको पछि नलाग्न उनले आग्रह गरे ।

त्यस्तै नेपाल दाल चामल उत्पादन उद्योग महासंघका अजय पराजुलीले नेपाली उद्योगहरु अहिले आत्मनिर्भर भईसकेकाले बर्षदिनसम्मको लागि उद्योगहरुमा स्टक रहेको बताए । तर केहि बस्तुहरु आयात गर्नुपर्ने भएकाले राज्यले यसमा सहजता तुल्याउन उनले माग गरे ।

खाद्य तथा व्यापारका देवेन्द्र भक्त श्रेष्ठले आफूलाई आवश्य परेको सामान मात्र खरिद गर्न आग्रह गरे । यस्तो समयमा कम सामान प्रयोग गर्नुपर्ने उनले बताए ।

बजारमा एकाएक माग बढेकाले यसको सहजीकरण सरकारले गर्नुपर्ने नेपाल वितरक संघका अध्यक्ष राजेन्द्र सिंमखडा बताउँछन । नेपाली बजारमा १ लाख सिलीण्डर बिक्री हुने गरेको र बिक्रभन्दा उत्पादन बढी रहेको ग्याँस उतपादक संघका अध्यक्ष गोकुल भण्डारीले जानकारी दिए । तर फलफूल व्यवासायीहरुलाई भने आत्महत्या गर्नुपर्ने अवस्था आएको व्यवसायीहरुले गुनासो गरेका छन । चिनबाट आयात हुने फलफूलका कन्टेनरहरु २३ दिन देखी केरुङ नाकामा थन्किएकाले आयातमा सहज वातावरण श्रृजना गर्न फलफूल व्यवसायीले माग गरेका छन । करिव ७० करोडका फलफूलका कन्टेनरहरुलाई आयातमा रोक लगाएको उनीहरुले बताए । कि त आयात गर्न दिनुपर्ने कि त नगर भनेर ठोस कदम चाल्न उनीहरुले माग गरे ।

त्यस्तै बजारमा औषधीको पनि कोलो बजारी भएकाले करिव ६ महिनासम्मको लागि औषधी स्टक रहेको र उत्पादन भईरहेको औषधी व्यवसायीहरुले बताएका छन । आषैधीको निश्चित म्याद हुने भएकाले अनावश्यक रुपमा भण्डारण नगर्न औषधी व्ष्वसायीहरुले पनि आग्रह गरेका छन । पछिल्लो समयमा बजारमा अत्याधि कालोबजारी बढिरहेको माक्सको समस्या पनि केहि दिनमा टर्ने माक्स उत्पादन कम्पनीहरुले बताएका छन ।

त्यस्तै उद्योग वाणिज्य तथा आपूर्ति सचिव बैकुण्ठ अर्यालले खाना पकाउने ग्यासको नयाँ सिलिन्डर बिक्री नगर्न व्यवसायीहरुसँग आग्रह गरेका छन । एकै परिवारले धेरै सिलिन्डर मौज्दातमा राख्न खोज्दा अभाव हुने देखिएको भन्दै सचिव अर्यालले नयाँ सिलिन्डर बिक्रीवितरण रोक्न उद्योगीहरुलाई आग्रह गरेका हुन ।

उनले मास्कको अभाव भएको भने स्वीकार गरे । मास्क उत्पादन नै हुन नसक्दा यसको अभाव भएको र समस्या समाधानका लागि पहल भइरहेको बताए । अत्यावश्यक सामाग्रीहरु मौज्दात राख्ने परिपाटी छाडेर भाइरसको संक्रमणबाट जोडिन सबै सजग रहनु पर्ने बताए ।


प्रतिक्रिया दिनुहोस्