१० महिनाभन्दा बढी पुग्ने आयोडिन नून स्टक छः प्रमुख कार्यकारी अधिकृत श्रेष्ठ « Arthapath.com
२७ फाल्गुन २०७६, मंगलवार

१० महिनाभन्दा बढी पुग्ने आयोडिन नून स्टक छः प्रमुख कार्यकारी अधिकृत श्रेष्ठ



काठमाडौं । करिब १० महिनाभन्दा बढी पुग्ने आयोडिन नून स्टक रहेको साल्ट ट्रेण्डिङ कर्पाेरेशनकी प्रमुख कार्यकारी निर्देशक उर्मीला श्रेष्ठले बताएकी छिन । त्यस्तै कोरोनाको त्रासले आम सर्वसाधारणले चाहिने भन्दा बढि मात्रामा नूनको भण्डारण गरिरहेकाले त्यसरी कृतिम अभाव हुने भएकाले सिमित मात्रामा मात्र खरिद गर्न उनले आग्रह गरेकी हुन । नेपाल चेम्वर अफ कमर्सले कोरोना भाईरसको सन्दर्भमा आपूर्ति व्यवस्थाका विद्यमान सन्दर्भको स्थितीवारे अन्र्तक्रिया कार्यक्रममा उनले यस्तो बताएकी हुन ।

त्यस्तै कोरोनाको त्रासले आम सर्वसाधारणले चाहिने भन्दा बढी मात्रामा नूनको भण्डारण गरिरहेकाले त्यसरी कृतिम अभाव हुने भएकाले सिमित मात्रामा मात्र खरिद गर्न साल्ट ट्रेण्डिङ कर्पाेरेशनले आग्रह गरेको छ ।

२०२० साल भदौ २७ गते कर्पाेरेशनको स्थापना भएको थियो । कर्पाेरेशनले केन्द्रिय लगायतका ४९ कार्यालयहरु, ३१ वटा विभिन्न दुर्गम जिल्लाहरूमा बिक्री केन्द्र र ५ हजार डिलर तथा किराना खुद्रा पसलहरु मार्फत नेपाल राज्यभरी अति आवश्यक बस्तु नुन आपूर्ति गर्द आएको छ ।

कर्पाेरेशनले सन् २०१६ का नेपाल सरकारबाट भएको NDHS सर्भे अनुसार ९४.५ प्रतिशतमा नूनको पहँच पुर्याउँदै आएको छ । त्यस्तै सन २०१६ का NNMS(Nepur National Micronutrient Status Survey) अनुसार सबै प्रकारका नूनहरुमा आयोडिन परिक्षण गदा ९० प्रतिशत नूनमा उचित मात्राको रहेको देखमएको छ ।

विगतमा नेपालमा भएको अघोषित नाकाबन्दी, विनाशकारी भूकम्प लगायतका समयहरुमा नेपालमा सहज, सरल र सुपथ मूल्य आयोडिनयुक्त नूनको आपूर्ति व्यवस्था कर्पोरेशनले मिलाएको थियो ।

हाल कर्पाेरेशनको विभिन्न कार्यालयहरु समेत गरी दैनिक उपभोग्य बस्तु लगायतका सामाग्री देहाय बमोजिम स्टक मौज्दात रहेको छ ।

१. करिब १,३२,७०९ मे.टन आयोडिनयुक्त नून गोदाममा र २२,५०० मे.टन मार्गस्थल गरी करिब १,५५,२०९ मे टन आयोडिनयुक्त नून बफर स्टक मौज्दात रहेको हुँदा सो परिमाणको आयोडिनयक्त नूनले देशभरीका जनताहरुलाई करिब १० महिना भन्दा बढी समयसम्म आपूर्ति व्यवस्था मिलाउन कर्पाेरेशनको क्षमता रहेको छ ।

२. चिनीको आपूर्तिमा समेत कनै अभाव हुन नदिन कर्पाेरेशनसंग हाल २५०० मे.टन गोदाममा र मार्गस्थलमा ७५०० मे.टन गरी जम्मा १०,००० मे.टन स्टक मौज्दात रहेको छ ।

३. कर्पाेरेशनको गोदाममा यूरिया २७,१४५.३५ मे.टन, डिएपी १३,४३३.७८ मे.टन र पोटास ८,३३० मे.टन गरी ४०,६६२.४३ मे टन स्टक रहेको छ ।

४. कर्पाेरेशनसंग न्यूज प्रिन्ट आर्ट पेपर लगायत प्रयोजनको लागि हाल करिब ८०० मे.टन कागज स्टक मौज्दात रहेको छ ।


प्रतिक्रिया दिनुहोस्