‘एक कल फोन गर्नुहोस,उपचारका लागि घरमै आउँछौं’ « Arthapath.com
१८ असार २०८२, बुधबार

‘एक कल फोन गर्नुहोस,उपचारका लागि घरमै आउँछौं’



१० एम्बुलेन्स र १० जना चालक तयारी अवस्थामा

दैलेख । ‘तपाईहरु कोही विरामी हुनुहुन्छ भने हामीलाइ एककल फोन गर्नुहोस हामी तपाईहरुको उपचारको लागि घरमै आउँछौं ।’ विश्वव्यापी रुपमा फैलिएको (कोभिड –१९) कोरोना भाइरस फैलिन नदिन जिल्ला स्वास्थ्य कार्यालयले सम्बन्धित गाउँपालिका र नगरपालिकाको एम्बुलेन्सको नम्बर सार्वजनिक गर्दै यस्तो सुचना जारी गरेको छ ।

कोरोनाको संक्रमण कतै नफैलियोस र कोही पनि संक्रमित नहोस् भन्नका लागि जिल्ला स्वास्थ्य कार्यालय दैलेखले घरमै स्वास्थ्यकर्मीको टोली सहित घरमै गएर उपचार गर्ने रणनिति बनाएको हो ।

जिल्लाका ९० वडामध्य ८९ वडामा सडकको सजिलै पहुँच भएकोले घरघरमै गएर उपचार गर्न सम्भव भएको जिल्ला जनस्वास्थ्य अधिकृत थिरप्रसाद रेग्मीले बताए । ‘कोही विरामी भए । एक कल फोन गर्नुहोस् । तपाईको उपचार लागि तपाईघरमै आउँछौंं ।’ रेग्मीले भने ‘कोराना फैलिन नदिनको लागि विरामीको घरदैलोमा उपचार गर्न थालेका छौं ।’ कोही विरामी हुँदा घरबाट बाहिर नआउन स्वास्थ्य कार्यालयले जिल्लाबासीलाई आग्रह समेत गरेको छ ।

स्वास्थ्य कार्यालयले सुचना सँगै ९ वटा स्थानीय तहका एम्बुलेन्स चालकको नम्बर सहितको सूचना जारी गरेको छ । यि नम्बरहरुमा फोन आउनासाथ तुरुन्त त्यही पुगेर जिल्ला अस्पतालमा ल्याइने जिल्ला जन स्वास्थ्य अधिकृत थिर प्रसाद रेग्मीले जानकारी दिए । ‘हामीले जिल्लाका सबै एम्बुलेन्स चालकहरुको नम्बर सामाजिक सञ्जाल ,रेडियो सम्पूर्ण स्वास्थ्य चौकीका सूचना पार्टीमा टासी सकेका छौं ।’ रेग्मीको भनाई थियो ।

सबैले यो अनुरोधलाई आत्मसाथ गरे कोही कसैले उपचार नपाएर यो लक डाउनमा ज्यान गुमाउन नपर्ने उनको भनाई छ । लक डाउन भएको बेला उद्दारका लागि १० एम्बुलेन्स तयारी अवस्थामा राखेको रेग्मीले बतताए । कोरोना संक्रमितका लागि दैलेख अस्पतालमा १५ वटा आईसोलेशन वेड, महावु ५,दुल्लूनगरपालिका ५,भगवतीमाई गाउँपालिका ५ २५ र १०० वटा बेडको क्वारेन्टाइन नारायण क्यम्पसमा तयार पारिएको जानकारी दिए ।राजधानी दैनिक


प्रतिक्रिया दिनुहोस्