रिचार्ज बराबर बोनस ब्यालेन्स दिने नेपाल टेलिकमको निर्णय « Arthapath.com
१२ चैत्र २०७६, बुधबार

रिचार्ज बराबर बोनस ब्यालेन्स दिने नेपाल टेलिकमको निर्णय



काठमाडौं । नेपाल टेलिकमले आफ्ना ग्राहकलाई रिचार्जमा शत प्रतिशत बोनस दिने निर्णय गरेको छ । सरकारले कोरोनाको संक्रम फैलनबाट रोक्ने गरी लकडाउनको लागू गरेपछि धेरै ग्राहकलाई रिचार्ज कार्ड किन्न समस्या परिरहँदा टेलिकमको यस्तो निर्णय आएको हो ।

अहिले नागरिक घर बाहिर निस्कन पनि नसक्ने अवस्था रहेकाले रिचार्ज रकम बराबरकै बोनस दिन मोबाइल सेवा प्रदायकलाई मंगलबार नेपाल दूरसञ्चार प्राधिकरणले निर्देशन दिएको छ ।

टेकिलमले आफ्नो नेटवर्कभित्र प्रयोग गर्न सकिने गरी रिचार्जजत्तिकै बोनस ब्यालेन्स रकम उपलब्ध गराउने निर्णय गरेको टेलिकमका प्रवन्ध निर्देशक डिल्लीराम अधिकारीले जानकारी दिए ।

उनका अनुसार यस्तो बोनसबापतको रकम डाटा चलाउन र एसएमएस गर्न समेत प्रयोग गर्न सकिने छ । नेपाल टेलिकमबाहेकका अन्य नेटवर्कमा फोन गर्दा भने मुख्य ब्यालेन्सबाट शुल्क काटिनेछ ।अन्लाईन खबर


प्रतिक्रिया दिनुहोस्