नेपालमा कोरोना संक्रमितको संख्या ५ पुग्यो, संक्रमित युवती बागलुङकी « Arthapath.com
१५ चैत्र २०७६, शनिबार

नेपालमा कोरोना संक्रमितको संख्या ५ पुग्यो, संक्रमित युवती बागलुङकी



काठमाडौँ – कोरोना भाइरसको सङ्क्रमण थप अर्को एक जनामा भेटिएको छ । यससँगै कोभिड–१९ सङ्क्रमित नेपाली पाँच जना पुगेका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता डा विकास देवकोटाले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा भएको नमूना परीक्षणका क्रममा बागलुङकी १९ वर्षीया युवतीमा पोजिटिभ भेटिएको  जानकारी दिनुभयो ।  

उनी बेल्जियमबाट कतारको दोहा हुँदै कतार एयरवेजको क्युआर ६५२ उडानबाट यही चैत ४ गते नेपाल आएकी थिइन् । उनको अवस्था अहिले सामान्य छ । उनलाई बागलुङबाट काठमाडौँ ल्याउने तयारी गरिएको जनाइएको छ ।रासस


प्रतिक्रिया दिनुहोस्