सीमामा अलपत्र नेपाली एक हजार रुपियाँ तिरेर नेपाल भित्रिदै « Arthapath.com
१७ चैत्र २०७६, सोमबार

सीमामा अलपत्र नेपाली एक हजार रुपियाँ तिरेर नेपाल भित्रिदै



बैतडी । भारतका विभिन्न सहरबाट हिँडेर सीमा नाका झुलाघछट आईपुगेको सुदूरपश्चिमका विभिन्न जिल्लाका नेपाली एक हजार रुपियाँ तिरेर ट्युबमा जोखिम मोलेर नेपाल भित्रिन थालेका छन् ।
लकडाउन भएको एक साता बितिसक्दा पनि रोजगारीका लागि भारत गएका नेपालीहरुको ठूलो संख्या हिँडेर सीमा नाकामा पुग्ने क्रम रोकिएको छैन ।

झुलाघाट सीमा नाकामा अलपत्र परेका नेपालीहरुलाई जिल्ला प्रशासन कार्यालय बैतडीले एकपटक ९३ जना र दोश्रो पटक १८६ जनाको उद्धार गरेर नेपाल ल्याएसकेपछि पनि झुलाघाट नामा भारतबाट आएका नेपालीहरुको भीड कम हुन सकेको छैन ।

झुलाघाट सीमा नाकाको नेपाल–भारत दुबै देशको गेट पटक पटक खोलेर नेपालीको उद्धा गर्न प्रशासनलाई समेत कठिनाई हुन थालेको छ । सीमा नाकाको गेट खोल्न दुई पटकसम्म पत्राचार गरिएको र फेरि पत्रचार गरिए पनि भारतीय अधिकारीहरुले कुनै जवाफ दिएक छैनन् ।

सीमा नाकामा अलपत्र परेका नेपालीहरुलाई भारतीय सुरक्षाकर्मीले खाना खुवाए पनि दैनिक रुपमा नेपालीलाई खाना खुवाउन समस्या हुन थालेपछि भारतीय सीमा नाकामा अलपत्र परेका नेपालीहरु ट्यूबमा एक हजार रुपियाँ तिरेर नेपाल जान थालेको भारतीय सञ्चाकर्मी जागरण दैनिकका प्रमोद भट्ट जानकारी दिनुभयो ।

झलाघाट सीमा नाकाको गेट नखुलेपछि आईतबार मात्रै झुलाघाट सीमानाकाको महाकाली नदीमा जोखिम मोलेर ३८जना नेपाली ट्युब तरेर आएको भट्टले बताउनुभयो ।

ट्युब तरेर भारतबाट आएका केही व्यक्ति नगरपालिकाले स्थापना गरेको कोरोना सहायता कक्षका स्वास्थ्य कर्मीको सम्पर्कमा आए पनि अधिकाशं लुकीछिपि सिधै घरतिर हिँडेको दरशथ चन्द नगरपालिका बैतडीका उप प्रमुख मीना चन्दले जानकारी दिनुभयो । गोरखापत्र अनलाइन


प्रतिक्रिया दिनुहोस्